१८ मङ्सिर २०७८, शनिवार

दुई वर्षभित्रै मझगाउँ विमानस्थल सञ्चालनमा ल्याउँछौँ : पर्यटनमन्त्री

२०७८,कार्तिक,१०,बुधबार २०:५४

1.089k
Shares

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेमगरले दुई वर्षभित्रै मझगाउँ विमानस्थल सञ्चालनमा ल्याउने बताएका छन्।

आज महेन्द्रनगरस्थित मझगाउँ विमानस्थल क्षेत्रको अवलोकनका क्रममा उनले विमानस्थलको धावनमार्गको क्षेत्रफल बढाएर भए पनि विमानस्थल सञ्चालन गरिने बताएका हुन् । “विमानस्थलसँग ७० बिघा जग्गा रहेको छ”, उनले भने, “दक्षिणतर्फको ५०० मिटर जग्गा अधिग्रहण गरी विमानस्थल विस्तार गर्छौं ।”

बन्द विमानस्थल सञ्चालन गर्नका लागि ५३ करोड ६० लाख रुपैयाँ बजेट विनियोजन भइसकेको उल्लेख गर्दै उनले बोलपत्र आह्वान (टेण्डर)को कार्य पूरा भएको बताए । “बोलपत्र आह्वान भइसकेको छ”, उनले भने, “काठमाडौँ फर्केलगत्तै सम्झौता गर्छौं । काम सुरु हुन्छ ।” उनले कैलालीको गेटा विमानस्थललाई क्षेत्रीयस्तरको बनाउनका लागि समेत कार्य अगाडि बढाइएको बताए ।

बजेटका कारण विमानस्थलसम्बन्धी कार्य अगाडि बढ्न नसकेको उल्लेख गर्दै उनले बजेट चाँडै स्वीकृत भएपछि कार्य सुरु हुने बताए। आरक्ष पीडितको समस्या समाधानका लागि कार्य अगाडि बढाइने मन्त्री आलेमगरको भनाइ थियो ।

प्रकाशित मिति: २०७८,कार्तिक,१०,बुधबार २०:५४

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत बागमती प्रदेशमा सभापतिका लागि तीन जनाको उम्मेद्‌वारी परेको छ । प्रदेश राजधानी हेटौंडामा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको नयाँ नेतृत्वका लागि आज शनिबार निर्वाचन हुँदैछ । भृकुटिमण्डपमा जारी महाधिवेशनमा अध्यक्ष, चार उपाध्यक्ष, तीन

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एमालेले चितवनमा महाधिवेशन गर्दा विकास देख्ने अवसर पाएको बताएका छन् । उनले चितवन जिल्ला राजनीतिको

राप्रपा अध्यक्ष कमल थापाले आफूविरुद्ध टिप्पणी गरेपछि सोही पार्टीकी नेतृ तथा अभिनेत्री रेखा थापा पनि जाइलागेकी छिन् । उनले कमल

ताजा समाचार

श्रम सम्झौता पुनरावलोकनमा कतार सहमत
 २०७८,मङ्सिर,१८,शनिवार ०८:२१
डेढ अर्बको लगानीमा बन्यो अस्पताल
 २०७८,मङ्सिर,१८,शनिवार ०८:१८
चितवनमै ‘स्मार्ट लाइसेन्स’ नवीकरण हुँदै
 २०७८,मङ्सिर,१८,शनिवार ०८:१६
‘होई मेरो संसार’मा सरोज र विनाको छमछमी
 २०७८,मङ्सिर,१८,शनिवार ०८:०८
बेलायतमा ४२ जनामा देखियो ‘ओमिक्रोन’
 २०७८,मङ्सिर,१८,शनिवार ०७:३२