प्रहरीको बर्दी लगाएर लुटपाटमा संलग्न एक व्यक्ति पक्राउ

लोकपथ
845
Shares

सल्यान । जिल्लाको कपुरकोट गाउँपालिका १ कालापातल जङ्गलमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको बर्दी लगाई लुटपाटमा संलग्न एक व्यक्ति पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा रोल्पा सुनछहरी गाउँपालिका –७ का ३० वर्षीय तिलक वि.क.रहेका छन् । विकलाई सल्यान जिल्ला अदालतबाट १५ दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख गोबिन्द थापाले बताए । लुटपाटमा संलग्न अन्य तिनजना भने फरार रहेको उनले बताए ।

उनिहरुले कालापातलको जङ्गलमा गाडी रोकी कपुरकोटमा तरकारी किन्न आएका सेराज हलुवाईको तीन लाख लुटपाट गरेका थिए । पक्राउ पर्नेले नेपाल प्रहरीको बर्दी लगाउने गरेको उनले बताए । उक्त बर्दी जनयुद्वको समयको भएको उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?