डुडुल चैत्यलाई आकर्षक बनाउन बजेट तर्जुमा गर्न पहल गर्छु : मन्त्री श्रेष्ठ

लोकपथ
208
Shares

कर्णाली । कर्णाली प्रदेशका जलस्रोत तथा उर्जा विकास मन्त्री दीनबन्धु श्रेष्ठले जुम्लामा रहेको डुडुल चैत्यलाई थप आकर्षक बनाउनका लागि आवश्यक बजेट तर्जुमा गर्न पहल गर्ने बताएका छन् ।

डुडुल चैत्यको तेस्रो बार्षिकोत्सवलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले कर्णालीको अपार सुन्दरतामा डुडुल चैत्यले सुगन्ध थपेको बताए । उनले चैत्यले आन्तरिक तथा बाह्य पर्यटकको ध्यान केन्द्रीत गराएको उल्लेख गर्दै यसलाई थप आकर्षक बनाउनका लागि आवश्यक बजेट तर्जुमा गर्नका लागि पहल गर्ने बताए ।

उनले भने,‘जुम्ला सदरमुकाम खलंगामा निर्माण भएको डुडुल चैत्य पर्यटन आकर्षणको केन्द्र बनेको छ । थप आकर्षक बनाउनको लागि चाहिने साधन स्रोतका लागि बजेट तर्जुमा गर्न पहल गर्नेछु ।’

बार्षिकोत्सवका अवसरमा हिमालयन पिस एसोसिएसन काठमाडौंले आफ्नो चल, अचल सम्पती डुडुल चैत्यलाई हस्तान्तरण गरेको थियो । बौद्ध गुरु खेम्पो गिर्मे छिल्टुङले शान्ति पुजा पनि गरेका थिए ।

पछिल्लो समय डुडुल चैत्यमा पर्यटकको आगमन बढेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?