१८ मङ्सिर २०७८, शनिवार

‘नियमावली संशोधन गरेर प्रहरी भित्र सुधारका काम गर्न लागिएको छ’

२०७८,कार्तिक,१०,बुधबार १९:२६

495
Shares

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले नियमावली संशोधन गरेर नेपाल प्रहरी भित्र केही सुधारका काम गर्न लागेको बताएका छन् ।

बुधवार नेपाली कांग्रेस तरुण विभागले आयोजना गरेको ‘साफ च्याम्पीयनसिप २०२१, फुटबल टिमका राष्ट्रिय खेलाडीहरुलाई सम्मान तथा शुभकामना आदान प्रदान कार्यक्रम’ लाई सम्बोधन गर्दै गृहमन्त्री खाँणले सरकारले नेपाल प्रहरीको संगठन भित्र सुधारको काम गर्न लागेको बताए । नियमावली संशोधन गरेर भएपनि प्रहरी जवानहरु उत्साहित भएर र आत्मबल बढाएर काम गर्न सक्ने वातावरण बनाउन लागेको उनले बताए । प्रहरी संगठनको तल्लो तहबाट परिवर्तन ल्याउन सरकार लागेको उनले उल्लेख गरे । प्रहरीभित्र बढुवा गर्नका लागि थप पद सिर्जना गर्न लागेको उनले जानकारी दिए । उनले भने– ‘सुरक्षा निकायले पनि, प्रशासनका कर्मचारी र प्रशासनका पदाधिकारीले पनि सबै नेपालीलाई सम्मान गर्नुहोस् । कुनैपनि अफिसमा बसेको अधिकृत वा हाकिमले कुनै नेपालीलाई तँ भन्नै पाइदैनँ । सबैलाई सम्मान । त्यस्तै नेपाल प्रहरी र सुरक्षा निकायपनि प्रहरी अधिकृतहरुले पनि सबैलाई सम्मानार्थि शब्द प्रयोग गर्नैपर्ने त्यो हाम्रो निर्देशन जारी भएको छ । समानता व्यवहारमा पनि हुनुप¥यो । स्वतन्त्रता, समानताका हामी पक्षपाति । समान व्यवहार हामी सबैले गर्नुपर्छ । अहिले गृह मन्त्रालय र नेपाल सरकारले नेपाल प्रहरीमा केही परिवर्तन ल्याउन खोजिराखेको छ । तलबाट परिवर्तन ल्याउने कोसिस छ । नियमावलीमा संशोधन गरेर नेपालका सम्पूर्ण प्रहरी जवानहरु उत्साहित हुन् सकुन् । उनको पनि आत्मबल बढोस् । उनीहरु दिनरात सुरक्षाका लागि खटेका छन्, त्यहाँ कमीकमजोरी होला, ति कमीकमजोरीलाई सुधार्ने हो । तर तिनीहरुपनि नेपाली नागरिक हुन् । नेपाली नागरिक भएको कारणले तिनको पनि सुविधाको लागि, तिनको पनि भविष्यका लागि सोच्ने काम सरकारको हो । त्यो दायित्व पुरा गर्ने कोसिस हामीले गरिरहेका छौँ ।’

गृहमन्त्री खाँणले नेपाली कांग्रेसले सधैभरी खेलाडीहरुलाई सम्मान गर्ने उल्लेख गर्दै अब हुने तिनै तहको निर्वाचनमा सर्वोत्कृष्ट खेलाडीलाई कांग्रेसले उम्मेदवार बनाउने प्रयत्न गर्ने पनि बताए । उनले भने– ‘नेपाली कांग्रेसले खेलाडीहरुलाई सदैव सम्मान गर्छ । आउने दिनमा प्रयत्न के रहन्छ भने स्थानीय निर्वाचनमा, प्रदेश निर्वाचनमा र प्रतिनिधिसभाको निर्वाचनमा पनि खेलाडीहरुमध्ये सर्वोत्कृष्ट खेलाडीलाई हामीले उम्मेदवार बनाउन सकियोस् भन्ने हाम्रो प्रयत्न छ ।’

उनले आगामी वर्षको प्रतियोगितामा बिजयी भएर आएमा फुटबल टिमका सदस्य र व्यवस्थापकलाई राष्ट्रिय तक्माबाट सम्मान गर्ने पनि बताए ।

प्रकाशित मिति: २०७८,कार्तिक,१०,बुधबार १९:२६

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एमालेले चितवनमा महाधिवेशन गर्दा विकास देख्ने अवसर पाएको बताएका छन् । उनले चितवन जिल्ला राजनीतिको

राप्रपा अध्यक्ष कमल थापाले आफूविरुद्ध टिप्पणी गरेपछि सोही पार्टीकी नेतृ तथा अभिनेत्री रेखा थापा पनि जाइलागेकी छिन् । उनले कमल

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को एकता महाधिवेशनमा १९९ सदस्यीय नयाँ कार्यसमितिका लागि २६६ जनाले उम्मेदवारी दर्ता गरएका छन् । यही

नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तरगत विभिन्न जिल्लामा अधिवेशनका क्रममा विवाददेखि झडपसम्मका खबरहरु समेत आइरहेका छन् । यसैक्रममा रौतहतमा भने

ताजा समाचार

श्रम सम्झौता पुनरावलोकनमा कतार सहमत
 २०७८,मङ्सिर,१८,शनिवार ०८:२१
डेढ अर्बको लगानीमा बन्यो अस्पताल
 २०७८,मङ्सिर,१८,शनिवार ०८:१८
चितवनमै ‘स्मार्ट लाइसेन्स’ नवीकरण हुँदै
 २०७८,मङ्सिर,१८,शनिवार ०८:१६
‘होई मेरो संसार’मा सरोज र विनाको छमछमी
 २०७८,मङ्सिर,१८,शनिवार ०८:०८
बेलायतमा ४२ जनामा देखियो ‘ओमिक्रोन’
 २०७८,मङ्सिर,१८,शनिवार ०७:३२
२५ वटा कम्पनीको आईपीओ आउँदै
 २०७८,मङ्सिर,१८,शनिवार ०७:१९
४० दिनपछि सर्वोच्च अदालत लयमा
 २०७८,मङ्सिर,१८,शनिवार ०७:१६