सुदूरपश्चिमको भौतिक पूर्वाधार मन्त्रालय पार्टीका बैठकका लागि प्रयोग

लोकपथ
728
Shares

धनगढी । सुदूरपश्चिम प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयको भवन पार्टीको बैठकका लागि प्रयोग हुन लागेको छ ।

सरकारमा रहेको एकीकृत समाजवादी पार्टीले दुई वटा बैठकमा सोही भवन प्रयोग गरेका हुन्।

गत भदौ २५ गते जिल्ला कमिटिको प्रथम बैठकमा मन्त्रालयको बैठक हल प्रयोग गरिएको थियो भने कार्तिक १० गते प्रदेश कमिटीको प्रथम बैठकका लागि सोही भवन प्रयोग गरिएको हो ।

बुधबार बसेको प्रदेशको प्रथम बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेको सहभागितामा केन्द्रिय नेता, प्रदेश सभा सदस्य, पार्टीका पूर्व नेता लगायतको सहभागिता रहेको थियो ।

संघमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष रहेका केपी शर्मा ओलीले प्रधानमन्त्री पदमा रहदा बालुवाटारमा पार्टीको बैठक बोलाउँदा विवादित बनेका थिए भने प्रदेशमा एस पार्टीले मन्त्रालयको भवन प्रयोग गर्दा विवादित बनेको छ ।
‘पार्टीको बैठक अन्यत्र गर्नुपर्ने हो तर, सरकारमा रहेकाले मन्त्रालयको भवन प्रयोग गर्नु ठिक होइन । यसले सरकारी सम्पतिको दोहन भइरहेको छ’ बैठकमा सहभागि एक कार्यकर्ताले भने ।

नेपाली कांग्रेसका जिल्ला सदस्य नृप सुनारले पार्टीको बैठक मन्त्रालयभित्र गर्न नहुने बताए । ‘मन्त्रालयभित्र दलको बैठक गर्नु ठिकै हो । तर, पार्टीको बैठक गर्नु हु“दैन’ उनले भने –‘यसले सरकारभन्दा पनि पार्टी हाबी भएको देखिन्छ ।’ उनले यस्तो कुराले सरकारलाई थप कमजोर बनाउने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?