फेरि सर्‍यो कांग्रेस महाधिवेशनको कार्यतालिका

लोकपथ
494
Shares

काठमाडौं । नेपाली कांग्रेसले आगामी १४ औँ महाधिवेशनको नयाँ कार्यतालिका सार्वजनिक गरेको छ ।

कांग्रेसले आगामी मंसिर २७ देखि २९ गते केन्द्रीय महाधिवेशन गर्नेगरी नयाँ कार्यतालिका सार्वजनिक गरेको हो ।

बुधबार (आज) बसेका कांग्रेस केन्द्रीय निर्वाचन समितिको बैठकले सो निर्णय गरेको हो ।

जसअनुसार वडा अधिवेशन हुन नसकेका १३ जिल्लामा कार्तिक २७ वडा अधिवेशन हुनेछ ।

त्यस्तै बाँकी जिल्लामा कार्तिक ३० मा पालिका अधिवेशन, मंसिर ३ मा प्रदेशसभा अन्तर्गतको क्षेत्रीय अधिवेशन, मंसिर ६ मा प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय अधिवेशन, मंसिर १०–११ मा जिल्ला अधिवेशन र मंसिर १६–१८ मा प्रदेश अधिवेशन गर्ने गरी कार्यतालिका बनाइएको निर्वाचन समितिले जनाएको छ ।

यसअघि पटकपटक मिति सार्दै आगामी मंसिर ९ देखि १२ गतेसम्मका लागि केन्द्रीय महाधिवेशन गर्नेगरी कार्यतालिका सार्वजनिक गरिएको थियो । तर क्रियाशील लगायतका विवादका कारण तोकिएको मितिमा महाधिवेशन हुन नसकेपछि पुनः नयाँ कार्यतालिका सार्वजनिक गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?