यी हुन् लोकपथका मुख्य मुख्य १५ समाचारहरु (भिडियोसहित)

लोकपथ
63
Shares

काठमाडौं । लोकपथ डट कमको अनलाइन समाचार बुलेटिनमा तपाईँलाई स्वागत छ । यो अङ्कमा तपाईँले आजको ताजा र प्रमुख समाचारहरू सुन्न र हेर्न पाउनु हुनेछ । दैनिक समाचारका लागि लोकपथ डटको आधिकारिक युट्युब च्यानललाई सब्सक्राइब गरेर नियमित रूपमा समाचार र अन्य सूचनामूलक जानकारी प्राप्त गर्न सक्नुहुन्छ ।

१.अदालतको विषयमा धेरै बोल्न नमिल्ने प्रधानमन्त्री देउवाको टिप्पणी, एमाले अध्यक्ष ओलीको परमादेश दिने न्यायाधीशले राजीनामा दिनुपर्ने अभिव्यक्ति गैरजिम्मेवार भएको भन्दै देउवाको आक्रोश ।

२. नेकपा एमालेले बागमती प्रदेशमा पनि मुख्यमन्त्री गुमायो, बागमतीकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यद्वारा पदबाट राजीनामा ।

३. बागमती प्रदेशप्रमुखद्वारा नयाँ सरकार गठनका लागि दलहरुलाई भोलि ३ बजेसम्म दाबी पेस गर्न आह्वान, कांग्रेससहितको ४ दलीय गठबन्धनको समर्थनमा राजेन्द्र पाण्डे मुख्यमन्त्री बन्दै ।

४.आगामी मंसिरदेखि लागू हुनेगरी विद्युत् प्राधिकरणले विद्युत् महसुल घटायो, इनर्जी शुल्क पनि वर्षायाम र हिउँदमा फरक–फरक तोकियो ।

५.नेकपा एकीकृत समाजवादीले ३ सय ३५ जना नेताको कार्यविभाजन टुंग्यायो, नेताहरुको कार्यविभाजनसहितको अन्तरपार्टी निर्देशन देशभरका पार्टी कमिटीमा पठाइयो ।

६.बुधबार प्रधानन्यायाधीश चोलेन्द्र समशेर राणाले सर्वाेच्चमा ११ वटा इजलास तोके पनि न्यायाधीशहरु इजलासमा बसेनन्, राणाले भने ५ वटा मुद्दा हेरे ।

७. तलब नपाएको भन्दै नेपालगञ्ज मेडिकल कलेजका स्वास्थ्यकर्मी १० दिनदेखि धर्नामा, आकस्मिकबाहेक अस्पतालका सबै सेवा ठप्प ।

८. तिहार नजिकएसँगै व्यवसायी र किसानलाई फूल टिप्न र माला उन्न भ्याइनभ्याइ, गत वर्षको तुलनामा यस वर्ष फूलको खपत बढ्ने अनुमान ।

९. बुधबार देशैभर गरेर कोरोनाका ६ सय ७२ जना नयाँ संक्रमित थपिए, ४ सय ९५ जना संक्रमणमुक्त, पछिल्लो २४ घण्टामा ८ जनाको मृत्यु ।

१०. चीनबाट आज १० लाख २० हजार डोज कोरोनाको खोप नेपाल आइपुग्यो, सरकारले खरिद गरेको ५९ लाख डोज खोपमध्ये बाँकी खोप केही दिनमा आउने ।

११. लगातार चौथो दिन पनि बढ्यो सेयर बजार, सेयर कारोबार मापक नेप्से परिसूचक १८ अंकले बढ्दा ६ अर्ब ६१ करोडभन्दा माथिको कारोबार

१२.ताइवानलाई राष्ट्रसंघमा आबद्ध हुने अधिकार नभएको चिनियाँ अधिकारीको जिकिर, ताइवान चीनको अभिन्न अंग भएको दाबी ।

१३. सैनिक ‘कू’पछि अपदस्त गरिएका सुडानका राष्ट्रपति अब्दुल्लाह हामदोक नजरबन्दमुक्त, कडा सुरक्षाका बीच घर फर्किए ।

१४. नेपाली फुटबल टिमका मुख्य प्रशिक्षक अल्मुताइरी नेपाल फर्किन तयार, अखिल नेपाल फुटबल संघ एन्फासँग ३ वर्षको सम्झौता ।

१५. नेपाल आर्मी समूह विजेता बन्दै मेयर कप भेट्रान्स फुटबलको दोस्रो चरणमा प्रवेश, बुधबार भएको खेलमा आर्मीद्वारा फर्पिङ स्पोट्र्स क्लब ४–१ गोल अन्तरले पराजित ।

https://www.facebook.com/lokpath/videos/925729028071114

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?