काठमाडौं । प्रतिनिधि सभाको बैठक बिहीबार (भोलि) बस्दैछ ।
प्रतिनिधिसभाको नवौँ अधिवेशन अन्तर्गतको यो १३ औँ बैठक हो । भोलिको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले ‘‘राष्ट्रिय दलित आयोगको वार्षिक प्रतिवेदन आ.व. २०७७/७८’’ पेश गर्ने कार्यसूची रहेको बताइएको छ ।
गत भदौ २३ गतेबाट प्रतिनिधि सभाको बैठक बसिरहेको छ । प्रत्येक बैठक प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अवरोध गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया