राष्ट्रियसभा उपाध्यक्ष दाहालको पीएसओले बोकेको पेस्तोलबाट गोली चल्यो

लोकपथ
3.8k
Shares

काठमाडौं । राष्ट्रियसभा उपाध्यक्ष शशिकला दाहालको पीएसओको बोकेको पेस्तोलबाट गोली चलेको छ ।

बुधबार सिंहदरबारमा दाहालका पीएसओ अनुपमा भारतीले बोकेको पेस्तोल चेकजाँच गर्ने क्रममा एकाएक पड्किन पुगेको हो ।

महानगरीय प्रहरी सुरक्षा गण सिंहदरबारका अनुसार संसद सचिवालको दुई नम्बर भवनमा दाहालका पीएसओ भारतीले पेस्तोल चेकजाँच गर्दा एकाएक गोली निस्केर पड्किन पुगेको थियो ।

पेस्तोल मिस ह्याण्डेलिङ भएर पड्किए पनि कसैलाई केही नभएको र त्यसबारे छानबिन भइरहेको बताइएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?