१३ चैत्र २०७९, सोमवार

औषधि पसललाई सटर खाली गर्न अस्पतालको निर्देशन

२०७४,आश्विन,२४,मंगलवार ०८:१४

9
Shares

लहान, २४ असोज ।सिरहाको लहान नगरपालिकास्थित रामकुमार उमाप्रसाद स्मारक अस्पताल परिसरभित्र सञ्चालित आधा दर्जन औषधि पसल १५ दिनभित्र खाली गर्न अस्पताल प्रशासनले निर्देशन दिएको छ ।अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा सुनिलकुमार कुशवाहाले अस्पताल परिसरभित्र सञ्चालनमा रहेको सूर्य मेडिकल हल, जनकल्याण मेडिकल हल, शक्ति मेडिकल हल, एच के मेडिकल हल, कुशवाहा मेडिकल हल, यादव मेडिकल हल र विजय मेडिकल हललाई पत्र काटेर यस्तो निर्देशन दिएका हुन ।स्वास्थ्य मन्त्रालयबाट अस्पताल परिसरभित्र कुनै पनि औषधि पसल राख्न नदिने र सञ्चालनमा रहेका पसल तत्काल बन्द गर्न लगाउनु भन्ने परिपत्र आएकोले अस्पताल विकास समितिको बैठकले सञ्चालन गर्न दिएका औषधि पसलको बाँकी भाडा बुझाई सटर गर्न पत्र काटिएको मेसु डा कुशवाहाले जानकारी दिए । 

प्रकाशित मिति: २०७४,आश्विन,२४,मंगलवार ०८:१४

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । नेपालसहित विश्वभर आज विश्व क्षयरोग दिवस मनाइँदै छ । ‘हो ! हामी क्षयरोग अन्त्य गर्छौं’ मूल नाराका साथ

चितवन । तपाईको शरीरमा कतै सानोतिनो ट्यूमर त छैन ? समय समयमा शरीरका विभिन्न भागमा परीक्षण गर्ने गर्नुहोस् । अन्यथा

घोडेजात्रा एउटा अत्यन्तै पुरानो जात्राका रुपमा प्राचीन कालदेखिनै काठमाडौ उपत्यकामा मनाइँदै आइएको परम्परा हो । प्रत्येक वर्ष चैत्र कृष्णपक्ष औँसीका

संस्कृतिका दृष्टिले वैभवपूर्ण काठमाडौं उपत्यका मन्दिरै–मन्दिर र जात्रै–जात्राको सहर हो । हरेक वर्ष घोडेजात्राको अघिल्लो दिनदेखि तीन दिनसम्म उपत्यकाका नेवार

ताजा समाचार

दूधमा प्रतिलिटर १५ रुपैयाँ अनुदान
 २०७९,चैत्र,१३,सोमवार २०:५२
मिटरब्याज पीडितको पक्षमा बोले बालेन
 २०७९,चैत्र,१३,सोमवार १७:५४
बढ्न थाले कोरोना संक्रमित
 २०७९,चैत्र,१३,सोमवार १७:३६