५९ सांसदको समर्थनसहित बागमतीको मुख्यमन्त्रीमा पाण्डेको दाबी पेश

लोकपथ
975
Shares

काठमाडौं । बागमती प्रदेशको मुख्यमन्त्रीमा एकीकृत समाजवादीका संसदीय दलका नेता राजेन्द्र पाण्डेले दाबी पेश गरेका छन् ।

बुधबार साँझ सांसद पाण्डेले ५९ सांसदहरुको समर्थनसहित मुख्यमन्त्री पदमा दाबी पेश गरेका हुन् ।

पाण्डेले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेश प्रमुख यादवचन्द्र शर्मा समक्ष दाबी पेश गरेका हुन् ।

आज नै अष्टलक्ष्मी शाक्यले मुख्यमन्त्री पदबाट राजीनामा दिएकी थिइन् । त्यससँगै प्रदेश प्रमुख शर्माले बहुमतसहितको दाबी पेश गर्न भोलि ३ बजेसम्मका लागि समय दिएका थिए । सो बमोजिम पाण्डेले आजै कांग्रेस, नेकपा माओवादी केन्द्र र जसपासहितका सांसदको समर्थनमा दाबी पेश गरेका हुन् ।

एमालेमा आन्तरिक कलह चर्किएपछि तत्कालिन मुख्यमन्त्री डोरमणी पौडेललाई राजीनामा दिन लगाएर एमालेले गत भदौ २ गते शाक्यलाई मुख्यमन्त्री बनाएको थियो । एमालेको एकल बहुमतमा मुख्यमन्त्री बनेकी शाक्य एमाले विभाजन भएसँगै अल्पमतमा परेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?