बितेको २४ घण्टामा ६७२ जनामा कोरोना संक्रमण पुष्टि, कति डिस्चार्ज भए ?

लोकपथ
286
Shares

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ६ सय ७२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बितेको २४ घण्टामा ९ हजार ४ सय ९५ जनाको परीक्षण गर्दा ६ सय ७२ जनामा संक्रमण पुष्टि भएको हो ।

जसमा पीसीआर विधिबाट ७ हजार १ सय ६७ र एन्टिजेन विधिबाट २ हजार ३ सय २८ जनाको परीक्षण गरिएको थियो ।

मन्त्रालयका अनुसार बितेको २४ घण्टामा ४९५ जना संक्रमणमुक्त भएका छन् भने ८ जनाले ज्यान गुमाएका छन् । हाल देशभर १० हजार ३७५ जना सक्रिय संक्रमित रहेका छन् । यस्तै हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको कुल संख्या ११ हजार ३८० जना पुगेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?