१३ मङ्सिर २०७८, सोमवार

तीन महिनामा पाँच खर्ब वैदेशिक व्यापार, सबैभन्दा धेरै डिजेल आयात

२०७८,कार्तिक,१०,बुधबार १६:४४

9
Shares

काठमाडौं । चालू आर्थिक वर्षको पहिलो तीन महिनामा मुलुकको वैदेशिक व्यापार ६८ दशमलव १३ प्रतिशतले वृद्धि भएको छ । गत आवको पहिलो त्रैमासिकमा तीन खर्ब २३ अर्ब ३१ करोड ५९ लाख ५३ हजार रुपैयाँ रहेकोमा चालू आवको सो अवधिमा पाँच खर्ब ४३ अर्ब ५७ करोड ६० लाख ५४ हजार रुपैयाँ पुगेको छ ।

भन्सार विभागद्वारा मंगलबार जारी चालू आवको पहिलो त्रैमासिकको तथ्याङ्क अनुसार गत आवको पहिलो त्रैमासिकका तुलनामा चालू आवको सोही अवधिमा आयात ६३ दशमलव ७३ प्रतिशतले वृद्धि भइ चार खर्ब ७८ अर्ब ५२ करोड ३२ लाख २० हजार रुपैयाँ पुगेको छ । गत आवको पहिलो तीन महिनामा दुई खर्ब ९२ अर्ब २६ करोड ९८ लाख ६० हजार रुपैयाँको आयात भएको थियो । तथ्याङ्कानुसार चालू आवको तीन महिनाको वैदेशिक व्यापारमा आयात–निर्यातको अनुपात ८८.०३:११.९७ छ ।

सार्वजनिक विवरणनुसार गत आव पहिलो त्रैमासिकका तुलनामा चालू आवको पहिलो तीन महिनाको निर्यात १०९ दशमलव ५४ प्रतिशतले बढेको छ । गत आवको पहिलो त्रैमासिकमा ३१ अर्ब चार करोड ६० लाख ९३ हजार रुपैयाँको निर्यात भएकामा चालू आवमा ६५ अर्ब पाँच करोड २८ लाख ३४ हजारको निर्यात भएको छ ।

चालू आवको पहिलो त्रैमासिकमा मुलुकको व्यापार घाटा ५८ दशमलव २८ प्रतिशतले बढेर चार खर्ब १३ अर्ब ४७ करोड तीन लाख ८६ हजार रुपैयाँ पुगेको छ । गत आवको पहिलो तीन महिनामा व्यापार घाटा दुई खर्ब ६१ अर्ब २२ करोड ३७ लाख ६७ हजार रुपैयाँ थियो । चालू आवको पहिलो तीन महिनाको कूल वैदेशिक व्यापारमध्ये निर्यातका तुलनामा आयात सात दशमलव ३६ गुणाले बढी देखिन्छ ।

डिजेल धेरै आयात

विभागको तथ्याङ्कानुसार तीन महिनामा २३ अर्ब ३२ करोड ४४ लाख ७१ हजार रुपैयाँ बराबरको डिजेल आयात भएको छ जुन आयातमध्येकै बढी हो । त्यस्तै आयातमा भटमासको कच्चा तेल दोस्रोमा छ । व्यवसायीले विभिन्न मुलुकबाट भटमासको कच्चा तेल आयात गरी प्रशोधन गरेर पुनः निर्यात गर्दै आएका छन् । चालू आवको पहिलो तीन महिनामा करिब १३ करोड लिटर भटमासको तेल २० अर्ब ६० करोड ६० लाख ५१ हजार रुपैयाँ मूल्य बराबरको निर्यात भएको विभागले जनाएको छ ।

त्यस्तै चालू आवको पहिलो तीन महिनामा मोबाइल टेलिफोन १७ अर्ब १७ करोड ७१ लाख ८० हजार रुपैयाँ, पाम आयल १३ अर्ब चार करोड ५३ लाख ८६ हजार रुपैयाँ र पेट्रोल १२ अर्ब ८६ करोड ५६ लाख ५७ हजार रुपयाँको आयात भएको छ ।

भटमासको तेल बढी निर्यात

नेपालबाट निर्यात भएका वस्तुमध्ये भटमासको तेल सबैभन्दा धेरै देखिएको छ । विभागको तथ्याङ्कानुसार स्वदेसबाट २२ अर्ब दुई करोड ६८ लाख ५२ हजारको भटमासको तेल निर्यात भएको छ ।

व्यवसायीले भटमासको कच्चापदार्थलाई विभिन्न मुलुकबाट आयात गरी प्रशोधन गरेर भारतमा निर्यात गर्ने गरेका छन् । सबैभन्दा बढी निर्यात हुने वस्तुको दोस्रा नम्बरमा कच्चा पाम तेल र तेस्रोमा प्रशोधित पाम तेल छन् । सार्वजनिक विवरणानुसार चालू आवको पहिलो तीन महिनामा आठ अर्ब ४५ करोड ९८ लाख ३१ हजारको कच्चा पाम तेल र पाँच अर्ब पाँच करोड ४८ लाख ९८ हजार रुपैयाँको प्रशोधित पाम तेल निर्यात भएको देखिन्छ ।

त्यस्तै, चालू आवको गत तीन महिनामा लगभग दुई अर्ब २४ करोड ७६ लाख ६६ हजार रुपैयाँ बराबरको ऊनीको गलैँचा र झण्डै एक अर्ब ८७ करोड ५५ लाख ६९ हजार रुपैयाँबराबरको जुटका बुनिएका कपडा तथा अन्य कपडा निर्यात भएको विभागको तथ्याङ्क छ ।

प्रकाशित मिति: २०७८,कार्तिक,१०,बुधबार १६:४४

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । वाणिज्य बैंकहरुमा निक्षेपको मात्रा क्रमशः घट्दै गएको पाइएको छ । नेपाल बैंकर्स सङ्घले उपलब्ध गराएको विवरणअनुसार पछिल्लो एक

काठमाडौं । साताको दोस्रो दिन आज (सोमबार) पनि सेयर बजारमा गिरावट आएको छ । आइतबार भारी गिरावट आएको सेयर बजारले

चितवन । बजारमा सामान्य होटलमा दुधको चियाको मूल्य कति होला ? तपाईँले सोच्नुभएको होला– २०, ३० वा ३५ रुपैयाँ ।

काठमाडौं । आज (सोमबार) नेपाली सुनको मूल्य घटेको छ । आज सुनको मूल्यमा प्रतितोला एक सय रुपैयाँले गिरावट आएको हो

ताजा समाचार

प्रधानन्यायाधीश जबरा अस्पताल भर्ना
 २०७८,मङ्सिर,१३,सोमवार २२:३२
सरकारले गर्‍यो १० सचिवको सरुवा, को कहाँ ?
 २०७८,मङ्सिर,१३,सोमवार २०:३२