बागमती प्रदेशमा नयाँ सरकार गठनका लागि आह्वान (पत्रसहित)

लोकपथ
533
Shares

काठमाडौं । अष्टलक्ष्मी शाक्यले मुख्यमन्त्री पदबाट राजीनामा दिएसँगै बागमती प्रदेशका नयाँ सरकार गठनका लागि आहन गरिएको छ ।

प्रदेश प्रमुख यादवचन्द्र शर्माले बिहीबार (भोलि) दिउँसो ३ बजेसम्म सरकार गठनको लागि दाबी गर्न आह्वान गरेका हुन् ।

एकल बहुमत नरहेको अवस्थामा नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजि म प्रदेश सभामा दुई वा दुई भन्दा बढी दलको समर्थनमा बहुमतसहित उपस्थित हुन आग्रह गरिएको छ ।

‘नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेश सभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अवस्थामा प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढी दलहरुको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभाको सदस्यहरुलाई मिति २०७८÷०७÷११ गते बिहीबारका दिन अपरान्ह ३ः०० बजेभित्र बागमती प्रदेशको मुख्यमन्त्री पदमा नियुक्ती गर्ने प्रयोजनका लागि आफ्नो दाबी पेस गर्न आह्वान गर्नुभएको छ ।’ प्रदेश प्रमुखको कार्यालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

आज बसेको बागमती प्रदेशसभाको बैठकमा सम्बोधन गर्दै शाक्यले मुख्यमन्त्रीबाट राजीनामा दिएको घोषणा गरेकी थिइन् । शाक्यले नेपालको संविधान १६९ को धारा १ ‘क’ बमोजिम राजीनामाको घोषणा गरेकी हुन् । अल्पमतमा परेपछि मुख्यमन्त्री शाक्यले राजीनामा दिएसँगै नयाँ सरकार गठनको बाटो खुलेको छ ।

एकीकृत समाजवादीका बागमती प्रदेश संसदीय दलका नेता राजेन्द्र पाण्डेलाई नयाँ मुख्यमन्त्रीको रुपमा प्रस्ताव गरिएको हो । जसअनुसार कांग्रेस, माओवादी र जनता समाजवादीको समेतको समर्थनमा पाण्डे मुख्यमन्त्री नियुक्त हुन लागेका हुन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?