…त्यसपछि नेपाल आउन राजी भए अलमुताइरी

लोकपथ
3.7k
Shares

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरी फेरि नेपाल आउने भएका छन् ।

अखिल नेपाल फुटबल संघ (एन्फा)ले प्रशिक्षक अलमुताइरीसँग सम्झौता नवीकरण गरेपछि उनी फेरि प्रशिक्षकको रुपमा नेपाल आउने भएका हुन् ।

एन्फाले अलमुताइरीसँग थप दुई वर्षको लागि सम्झौता नवीकरण गरेको छ । उनको सम्झौता एक वर्ष बाँकी रहँदै एन्फाले सम्झौता नवीकरण गरेको हो ।

यसबारेमा प्रशिक्षक अलमुताइरीले सामाजिक सञ्जालमा एन्फाले आफूसँग सम्झौता नवीकरण गरेको बताएका छन् ।

‘कर्मा छिरिङ शेर्पा (एन्फा अध्यक्ष) सँगको भेटपछि मैले नयाँ सम्झौता गर्ने निर्णय गरेको छु । एन्फा र कतार फुटबल संघलाई धन्यवाद दिन चाहन्छु’, उनले लेखेका छन् ।

यस्तै उनले चाँडै दुई वर्षको योजना र लक्ष्य सार्वजनिक गर्ने समेत बताएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?