२१ मङ्सिर २०७८, मंगलवार

महिला फुटबल : गैँडाकोट विजयी

२०७८,कार्तिक,१०,बुधबार १५:५७

0
Shares

काठमाडौं । गैँडाकोट नगरपालिकाले हेटौँडा उपमहानगरपालिकालाई पराजित गर्दै उपमेयर कप राष्ट्रिय महिला लिग छनोट प्रतियोगितामा विजयी सुरुवात गरेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज भएको खेलमा गैँडाकोटले हेटौँडालाई १–० गोल अन्तरले पराजित गर्दै गैँडाकोटले सुखद सुरुवात गरेको हो । गैँडाकोटको जीतमा ऋतु तामाङले खेलको ५६औँ मिनेटमा गरेको एक गोल नै निर्णायक गोल साबित भयो ।

जीतसँगै समूह ‘एफ’को गैँडाकोटले तीन अङ्क जोडेको छ भने नकआउट चरणमा पुग्ने सम्भावनासमेत बलियो बनाएको छ । प्रतियोगितामा विभिन्न ३१ टोलीले प्रतिस्पर्धा गरिरहेका छन् । सहभागी टोलीलाई अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले १० समूहमा विभाजन गरेको छ ।

प्रतियोगिताको विजेता र उपविजेता टोली महिलाको राष्ट्रिय लिगमा छनोट हुनेछन् । यस्तै प्रतियोगिताको विजेता टोलीले पाँच लाख तथा उपविजेताले तीन लाख रुपैयाँ पाउनेछन् ।

प्रकाशित मिति: २०७८,कार्तिक,१०,बुधबार १५:५७

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । यूईएफए च्याम्पियन्स लिगअन्तर्गत समूह चरणको अन्तिम खेलमा आज ९मंगलबार० समूह ‘ए’, ‘बी’, ‘सी’ र ‘डी’का खेलहरू हुँदैछन् ।

काठमाडौं । चन्द्रागिरि नगरपालिका वडा कप फुटसल तथा प्रथम चन्द्रागिरि वडा जनप्रतिनिधि/कर्मचारी कप फुटसल प्रतियोगिता यही मंसिर २४ र २५

काठमाडौं । प्रधानमन्त्री कप प्रदेशस्तरीय टि ट्वान्टी महिला सिनियर छनोट क्रिकेट प्रतियोगिताअन्तर्गत मंगलबार सिरहा र महोत्तरी तथा सर्लाही र बाराबीच

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनल इभर्टनसँग पराजित भएको छ । सोमबार राति भएको खेलमा इभर्टनले आर्सनललाई २-१ गोल

ताजा समाचार

इजरायलमा बर्ड फ्लूको प्रकोप
 २०७८,मङ्सिर,२१,मंगलवार १९:५३
कारागारमा आगलागी हुँदा ३८ जनाको मृत्यु
 २०७८,मङ्सिर,२१,मंगलवार १९:४८
सभापतिमा दावी छाड्न तयार भए शशांक
 २०७८,मङ्सिर,२१,मंगलवार १९:४२