१३ मङ्सिर २०७८, सोमवार

दोहोरो अंकले बढ्यो सेयर बजार, कारोबार रकममा पनि वृद्धि

२०७८,कार्तिक,१०,बुधबार १५:२८

1.134k
Shares

काठमाडौं । साताको चौंथो कारोबार दिन आज (बुधबार) पनि सेयर बजारले उकालो यात्रा तय गरेको छ । आज सेयर बजार दोहोरो अंकले बढेको हो । नेप्से परिसूचकसँगै कारोबार रकममा पनि वृद्धि भएको छ ।

आज सेयर कारोबार मापक नेप्से परिसूचक १८.०६ अंकले बढेर २७६९.१३ बिन्दुमा पुगेको छ ।

त्यस्तै, सेन्सेटिभ परिसूचक पनि ०.४९ अंकले बढेर ५१६.५६ बिन्दुमा पुगेको छ ।

बुधबार २२८ कम्पनीको एक करोड १५ लाख ९२ हजार २३५ कित्ता सेयर खरिदबिक्री हुँदा ६ अर्ब ६१ करोड २६ लाख ४८ हजार ८४० रुपैयाँको कारोबार भएको छ । मंगलबार ६ अर्ब ३१ करोड ८३ लाख ४० हजार ९३२ रुपैयाँको कारोबार भएको थियो ।

आज कुल १३ उपसमूहमध्ये ९ वटा उपसमूहको सेयर मूल्य बढेको छ भने बाँकी ४ वटा समूहको सेयर मूल्य घटेको छ ।

आज बेष्ट फाइनान्स, एनआईसी एसिया लघुवित्त, गुहेश्वरी मर्चेन्ट फाइनान्सलगायतको कम्पनीको सेयरमूल्य सर्वाधिक बढेको छ ।

कारोबार रकमको आधारमा नबिल बैंक लिमिटेडले सर्वाधिक कारोबार गरेको छ । बैंकले ४३ करोड १९ लाख ९३ हजारभन्दा माथिको कारोबार गरेको छ ।

प्रकाशित मिति: २०७८,कार्तिक,१०,बुधबार १५:२८

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । नेकपा एमालेको भितवनमा जारी महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि उम्मेदवारको अन्तिम नामावली प्रकाशन भएको छ । सोमबार राति निर्वाचन आयोगले उम्मेदवारहरूको अन्तिम

काठमाडौं । नेकपा एमालेको १०औं महाधिवेशनअन्तर्गत मतदान प्रक्रिया लम्बिएको छ । अहिले राति ११ बजे अन्तिम नामावली प्रकाशन गरिने भएको

चितवन । नेकपा एमालेको चितवनमा जारी १० शौं महाधिवेशन अन्तर्गत सोमबार राति ९ बजे तोकिएको निर्वाचन कार्यतालिका पनि प्रभावित हुने

काठमाडौं । वाणिज्य बैंकहरुमा निक्षेपको मात्रा क्रमशः घट्दै गएको पाइएको छ । नेपाल बैंकर्स सङ्घले उपलब्ध गराएको विवरणअनुसार पछिल्लो एक

ताजा समाचार

प्रधानन्यायाधीश जबरा अस्पताल भर्ना
 २०७८,मङ्सिर,१३,सोमवार २२:३२
सरकारले गर्‍यो १० सचिवको सरुवा, को कहाँ ?
 २०७८,मङ्सिर,१३,सोमवार २०:३२