१८ मङ्सिर २०७८, शनिवार

प्रदेश २ को मुख्यमन्त्री स्वच्छता अभियानमा अनियमतता

२०७८,कार्तिक,१०,बुधबार १४:५८

18
Shares

काठमाडौं । प्रदेश नम्बर २ सरकारले सञ्चालन गरेको मुख्यमन्त्री स्वच्छता अभियानमा स्थानीय तहसँग समन्वय नगरी योजनाको छनौट र कार्यान्वयन गर्ने गरिएको कारणले अनियमतिता हुने गरेको छ ।

स्थानीय तहको समन्वय बिना योजना छनौट गर्ने र आफुखुसी कार्यकर्ताहरुलाई योजना बाड्ने गरिएको कारणले अनियमतिता हुने गरेको जनप्रतिनिधिहरुको आरोप रहेको छ ।

प्रदेश नम्बर २ सरकारले स्वच्छता अभियानअन्तर्गत आर्थिक वर्ष २०७७/०७८ मा गर्ने भनिएको नगराइन नगरपालिका–५ गांगुलीस्थित माधव ठाकुरबाबा मन्दिरको जिर्णोद्धार गरिएको छ । तर यसमा रकम अनुसार काम नभएको स्थानियवासीहरुको गुनासो रहेको छ । माधव ठाकुरबाबा हजाम जातिका कुल देवता मानिन्छन् । मन्दिरका पूजारी उपेन्द्र ठाकुरका अनुसार वर्षौंदेखि रहेको यो मन्दिरमा २०७६ सालमा ठाकुर जातका व्यक्तिले नै कुल देवताको मन्दिर जिर्णोद्धार गरेको थियो । त्यसैमा पछि प्रदेश सरकारले मुख्यमन्त्री स्वच्छता अभियान अन्र्तगत योजना दिएको थियो । ‘मुख्यमन्त्री स्वच्छता अभियान’ कार्यक्रमले पनि गएको वर्ष त्यही मन्दिरको जिर्णोद्धार गर्ने, टायल र पेन्ट गर्ने, वरिपरि पर्खाल लगाउने, धर्मशाला भनेर दुई कोठे टहरो बनाउने अनि झन्डै ५ सय मिटर टाढा रहेको राधो मरद मन्दिरदेखि उक्त मन्दिरसम्म जाने बाटो निर्माण गर्ने योजना बनायो । माधव ठाकुरबाबा उपभोक्ता समितिका अध्यक्ष राधेश्याम झाले यो योजनाको कुल लागत ८२ लाख भएको बताए । मुख्यमन्त्री स्वच्छता अभियानले उक्त मन्दिरको जिर्णोद्धार गरी रकम भुक्तानीसमेत गरिसकेको छ । तर स्थानियवासीहरुले त्यती रकम खर्च नभएको बताएका छन् । स्थानियवासीहरुलाई जानकारी नै नदिई सो काम गराइएको स्थानियवासीको भनाइ रहेको छ ।

मन्दिरको सौन्दर्यको नाममा रंग, रोगन बाहेक केही पनि नगरिएको स्थानियवासीहरुले बताउने गरेका छन् । यता नगराईन नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष विष्णुदेव झाले सो ठाउँमा प्रदेश सरकारबाट काम गराइएको र योजना अनुसार काम सम्पन्न नभएको बताए ।

झाले प्रदेश सरकारले गर्ने कुनैपनि काममा आफुहरुसँग समन्वय नगरिएको बताए । उनले माधव ठाकुरमा भएको काम गुणस्तरहिन भएको दाबि पनि गरे । गएको असार ३० गते माधव ठाकुरबाबा उपभोक्ता समितिमार्फत ५८ लाख ८१ हजार ६ सय २१ रुपैयाँ भुक्तानी दिएको मुख्यमन्त्री कार्यालयले जनाएको छ ।

प्रकाशित मिति: २०७८,कार्तिक,१०,बुधबार १४:५८

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एमालेले चितवनमा महाधिवेशन गर्दा विकास देख्ने अवसर पाएको बताएका छन् । उनले चितवन जिल्ला राजनीतिको

राप्रपा अध्यक्ष कमल थापाले आफूविरुद्ध टिप्पणी गरेपछि सोही पार्टीकी नेतृ तथा अभिनेत्री रेखा थापा पनि जाइलागेकी छिन् । उनले कमल

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को एकता महाधिवेशनमा १९९ सदस्यीय नयाँ कार्यसमितिका लागि २६६ जनाले उम्मेदवारी दर्ता गरएका छन् । यही

नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तरगत विभिन्न जिल्लामा अधिवेशनका क्रममा विवाददेखि झडपसम्मका खबरहरु समेत आइरहेका छन् । यसैक्रममा रौतहतमा भने

ताजा समाचार

श्रम सम्झौता पुनरावलोकनमा कतार सहमत
 २०७८,मङ्सिर,१८,शनिवार ०८:२१
डेढ अर्बको लगानीमा बन्यो अस्पताल
 २०७८,मङ्सिर,१८,शनिवार ०८:१८
चितवनमै ‘स्मार्ट लाइसेन्स’ नवीकरण हुँदै
 २०७८,मङ्सिर,१८,शनिवार ०८:१६
‘होई मेरो संसार’मा सरोज र विनाको छमछमी
 २०७८,मङ्सिर,१८,शनिवार ०८:०८
बेलायतमा ४२ जनामा देखियो ‘ओमिक्रोन’
 २०७८,मङ्सिर,१८,शनिवार ०७:३२
२५ वटा कम्पनीको आईपीओ आउँदै
 २०७८,मङ्सिर,१८,शनिवार ०७:१९
४० दिनपछि सर्वोच्च अदालत लयमा
 २०७८,मङ्सिर,१८,शनिवार ०७:१६