बागमतीमा पनि फुत्कियो एमालेको मुख्यमन्त्री

लोकपथ
156
Shares

काठमाडौं । बागमती प्रदेशबाट पनि नेकपा एमालेले मुख्यमन्त्री पद गुमाएको छ । आज एमाले नेतृ अष्टलक्ष्मी शाक्य मुख्यमन्त्रीबाट हटेसँगै नेकपा एमालेले बागमती प्रदेशको मुख्यमन्त्री गुमाएको हो ।

एमालेले यो समेत गरी तीनवटा प्रदेशबाट मुख्यमन्त्री गुमाएको छ । यसअघि गण्डकी र लुम्बिनीको मुख्यमन्त्री गुमाएको थियो ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एक हप्ताभित्र एमालेले चाहेको खण्डमा केन्द्र सरकार ढाल्नसक्ने बताएका थिए । तर एमालले केन्द्र सरकार ताक्दै गर्दा बागमती प्रदेश सरकारमा समेत नेतृत्व नै गुमाउनु परेको छ ।

तत्कालीन मुख्यमन्त्री डोरमणि पौडेलले राजीनामा दिएपछि शाक्य गत भदौ २ मा मुख्यमन्त्री बनेकी थिइन् । सुरुमा माधव नेपाललाई साथ दिएकी शाक्य पछि एमालेको ओलीपक्षमै लागेकी थिइन् ।

अब प्रदेश १ मा मात्रै एमाले नेतृत्वमा प्रदेश सरकार छ । त्यसको पनि टिक्ने नटिक्ने निश्चित छैन ।

एमालेका केही सांसदहरु माधव नेपालको एकीकृत समाजवादी पार्टी (एस)मा लागेपछि प्रदेश १ मा भीमप्रसाद आचार्यको सरकार पनि अहिले अल्पमतमा परेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?