बाजुरामा भेरोसेल खोप लगाइँदै

RSS
143
Shares

बाजुरा । कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि पहिलो चरणमा भेरोसेल खोप लगाएका यहाँका २३ हजार ९५ जनालाई दोस्रो चरणको खोप बिहीबारबाट लगाइँदै छ ।

कोरोनाविरुद्धको खोप अभियान यही कात्तिक ११ देखि १३ गतेसम्म सञ्चालन गरिने स्वास्थ्य कार्यालय बाजुराका वरिष्ठ जनस्वास्थ्य अधिकृत दयाकृष्ण पन्तले बताए । उनका अनुसार पहिलो चरणमा भेरोसेल खोप लगाइएका १८ वर्ष माथिका नागरिकलाई मात्र दोस्रो चरणको खोप लगाइने छ । खोपको मात्रा जिल्लामा कम भएकाले २३ हजार ९५ जनालाई मात्र खोप लगाइने र नयाँ खोप लगाउन इच्छुक नागरिकलाई खोप लगाउन सम्भव नभएको वरिष्ठ जनस्वासथ्य अधिकृत पन्तको भनाइ छ ।

बिहीबारबाट सुरु हुने कोरोना विरुद्धको खोप जिल्लाका ६९ वडाका ८४ खोप केन्द्रमार्फत लगाइने स्वास्थ्य कार्यालय बाजुराका खोप सुपरभाइजर तथा सूचना अधिकारी महेश चन्दले जानकारी दिए। सबै पालिकामा दोस्रो चरणको कोरोना विरुद्धको खोप भेरोसेल पुगिसकेकाले बिहीबारबाट सञ्चालन हुने उनले जानकारी दिए । जिल्लाका नौ पालिकाका १३ हजार ८९४ महिला र नौ हजार २०१ पुरुष गरी २५ हजार ९५ जनालाई दोस्रो चरणको कोरोना विरुद्धको भेरोसेल खोप लगाइने खोप सुपरभाइजर चन्दले बताए ।

कुन पालिकामा कति जना ?

जिल्लाका नौ पालिकामा एकैसाथ कोरोनाविरुद्धको खोप सञ्चालन गरिने भएको छ । नौ पालिकाका २३ हजार ९५ जनाले दोस्रो चरणको खोप लगाउन पाउने भएका छन् । यहाँका बडीमालिका नगरपालिकामा एक हजार ८६७ महिला र एक हजार २३३ पुरुष गरी तीन हजार एक जनाले भेरोसेल खोप लगाउने भएका छन् ।

यस्तै बूढीगङ्गा नगरपालिकामा दुई हजार ११० महिला र एक हजार २३८ पुरुष, त्रिवेणी नगरपालिकामा दुई हजार १८३ महिला र एक हजार २१८ पुरुष, खप्तड छेडेदह गाउँपालिकामा एक हजार ६६६ महिला र एक हजार ५० पुरुष, गौमुल गाउँपालिकामा एक हजार २३३ महिला र ८१९ पुरुषले खोप लगाउन पाउने व्यवस्था गरिएको स्वास्थ्य कार्यालय बाजुराका वरिष्ठ जनस्वस्थ्य अधिकृत दयाकृष्ण पन्तले बताए ।

उनका अनुसार बूढीनन्दा नगरपालिकामा दुई हजार ४४८ महिला र एक हजार ७१८ पुरुष, स्वामीकार्तिक खापर गाउँपालिकामा ८७४ महिला र ६५३ पुरुष, हिमाली गाउँपालिकामा ६७८ महिला र ६४९ पुरुष, जगन्नाथ गाउँपालिकामा ८३५ महिला र ६२३ पुरुषले पनि सो खोप लगाउने भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?