बागमती प्रदेशकी मुख्यमन्त्री शाक्यले दिइन् राजीनामा

लोकपथ
378
Shares

काठमाडौं । बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले पदबाट राजीनामा दिएकी छिन् ।

बुधबारको प्रदेश सभाको बैठकमा सम्बोधन गर्दै मुख्यमन्त्री शाक्यले राजीनामा दिएको घोषणा गरेकी हुन् ।

नेपालको संविधानको धारा १६९ उपधारा १ ‘क’ बमोजिम मुख्यमन्त्री शाक्यले राजीनमा दिएकी हुन् । त्यसैगरी आगामी दिनहरुमा मिलेर जानका लागि आह्वान समेत गरेकी छिन् ।

मुख्यमन्त्री शाक्यले गत भदौ २४ गते विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गरेकी थिइन् । तर मुख्यमन्त्री शाक्य अल्पमतमा पर्ने भएसँगै राजीनामा दिएकी हुन् । तत्कालिन मुख्यमन्त्री डोरमणी पौडेलले राजीनामा दिएसँगै भदौ २ गते बागमतीको मुख्यमन्त्रीमा शाक्य नियुक्त भएकी हुन् ।

त्यससँगै अबको मुख्यमन्त्रीमा विपक्षी गठबन्धनका तर्फबाट एकीकृत समाजवादी बागमती प्रदेशका संसदीय दलका नेता राजेन्द्र पाण्डे मुख्यमन्त्री बन्दैछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?