धर्मगुरू श्रीनिवास अाचार्य त्रिभुवन विमानस्थलमा पक्राउ

काडमाडाैं : विराटनगर निवासी धर्मगुरू श्रीनिवास अाचार्यलार्इ त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट नेपाल प्रहरीले पक्राउ गरि नियन्त्रणमा लिएको छ । भारत जान लागेका अाचार्यलार्इ केहि अघिल्लो महिना उनीमाथि भएको गोलीकाण्डमा उनकै हात रहेकाे अाशंका गर्दै छानबीनका लागि प्रहरीले पक्रेको हो । 

श्रीनिवासमाथि चैत २५ गते विराटनरको जतुवामा गोली प्रहार भएको थियो । गोलीले अाचार्यको छातीको कुम मुनिको भाग छेडेर शरिर पार गरेको थियो । यसअघि उनी विराटनगरको न्युरो अस्पतालमा उपचाररत थिए । 

अाचार्यलार्इ गोली हानिएको स्थानमा 'मंगोल अार्मी' को नामबाट छापिएको पर्चा भेटिएको थियो । पर्चामा भारतको दलाली गर्नेलार्इ ठेगान लगाउने अभियान उल्लेख थियो । प्रारम्भिक अनुसन्धानमा प्रहरीले पनि सो भूमीगत समुहमाथि नै शंका गरेको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?