२१ मङ्सिर २०७८, मंगलवार

चिनियाँ विदेशमन्त्री भन्छन् : ‘तालिबानहरुसँगको भेटवार्ता लाभदायक’

२०७८,कार्तिक,१०,बुधबार १३:२६

45
Shares

काठमाडौं । चिनियाँ विदेशमन्त्री वाङ यीले अफगानिस्तानको अन्तरिम सरकारका अधिकारीहरुसँग भएको भेटवार्ता सकारात्मक रहेको बताएका छन् ।

अफगानितस्तानको अन्तरिम सरकारका अधिकारीहरुसँग उनले भेटवार्ता गरेका थिए। सो भेटले आपसी विश्वासमा बृद्धि भएको जानकारी विदेशमन्त्री वाङ यीले गराएका छन् ।

विदेशमन्त्री वाङ यीले अफगानिस्तानको अन्तरिम सरकारका उपप्रधानमन्त्रीसँग कतारको राजधानी दोहामा भेटवार्ता गरेका थिए। उनले मंगलबार भएको भेटमा द्धिपक्षीय भेटका क्रममा आपसी विश्वमा बृद्धि गर्नुका साथै कतिपय विषयहरुमा स्पष्ट रुपमा छलफल भएको थियो । सो भेटका क्रममा अफगानिस्तानको पछिल्लो अवस्थाका बारेमा कुराकानी भएको बताइएको छ । सो भेटका क्रममा तालिबानहरुले आफ्नो सरकारको नीतिका बारेमा विदेशमन्त्री वाङ यीलाई जानकारी दिएका थिए ।

अफगानिस्तानको अन्तरिम सरकारका विदेशमन्त्री अमिर खान मुतागीले अफगानिस्तानको तालिबान सरकारले देशभित्र आतंककारी गतिविधिमा निगरानी राख्ने र मानवअधिकारका पक्षमा काम गर्ने बताएका थिए। हाल अफगानिस्तानको सरकार महिला अधिकारका विपक्षमा रहेको भन्दै यसका लागि विश्व समुदायले पनि चासो राखिरहेको छ ।

यस विषयमा पनि अफगानिस्तानका विदेशमन्त्रीले स्पष्ट गरेका थिए। उनले हाल अफगानिस्तानले महिला अधिकार, बालअधिकारका साथै बालबालिकाको अवस्थाका बारेमा पनि निकै चनाखो भएर काम गरेको उनले बताएका थिए ।

प्रकाशित मिति: २०७८,कार्तिक,१०,बुधबार १३:२६

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीको ध्यान नयाँ विचारको विकास गर्दै देशलाई एकताबद्ध गर्नमा रहेको बताएका

इजरायलले देशको दक्षिणमा रहेको टर्की फार्ममा रोगजनक एच ५ एन १ (H5N1) एभियन इन्फ्लुएन्जाको प्रकोप देखिएको उल्लेख गरेको छ ।

बुरुण्डीमा एउटा कारागारमा भएको भीषण आगलागीमा परी कम्तीमा ३८ कैदीको मृत्यु भएको छ । आगलागीमा परी दर्जनौं कैदीको मृत्यु हुनुका

कांग्रेस सभापतिका आकांक्षी डा शशांक कोइरालाले आफूले रामचन्द्र पौडेलका लागि दाबी छोड्न तयार रहेको बताएका छन् । उनले एक पटकका

ताजा समाचार

इजरायलमा बर्ड फ्लूको प्रकोप
 २०७८,मङ्सिर,२१,मंगलवार १९:५३
कारागारमा आगलागी हुँदा ३८ जनाको मृत्यु
 २०७८,मङ्सिर,२१,मंगलवार १९:४८
सभापतिमा दावी छाड्न तयार भए शशांक
 २०७८,मङ्सिर,२१,मंगलवार १९:४२