चीनबाट आइपुग्यो थप १० लाख डोज भेरोसेल खोप

लोकपथ
182
Shares

काठमाडौं । चीन सरकारले उपलब्ध गराएको थप १० लाख कोरोनाविरुद्धको भेरोसेल खोप नेपाल आइपुगेको छ ।

बुधबार बिहान साढे ८ बजे १० थप १० लाख डोज खोप नेपाल आइपुगेको हो ।

खोप शाखाका प्रमुख डा सागर दाहालले दिएको जानकारी अनुसार सरकारले पछिल्लो पटक ५९ लाख डोज खोप नेपालले खरिदका लागि सम्झौता गरेको थियो । सोही सम्झौता अनुसार करिब १० लाख डोज खोप आज नेपाल आइपुगेको दाहालले बताए । साथै बाँकी ४९ लाख डोज खोप पनि छिट्टै नेपाल आइपुग्ने उनको भनाइ रहेको छ ।

त्यसैगरी पहिलो डोज भेरोसेल खोप लगाएर दोस्रो डोज लगाउने तयारीमा रहेकाहरुका लागि उक्त खोप लगाइनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?