मोदी भ्रमणको तयारी बुझ्न जनकपुर पुगे परराष्ट्रमन्त्री ज्ञावली

जनकपुरधाम । परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली जनकपुर आएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आसन्न नेपाल भ्रमण तयारी बुझ्न सोमबार बिहान परराष्ट्रमन्त्री ज्ञवाली जनकपुर पुगेका हुन् । 

उनले मुख्यमन्त्री लालबाबु राउतसहितको बैठक राखेर भ्रमण तयारीबारे जानकारी लिएका छन् । 

प्रधानमन्त्री मोदीको भ्रमणको लागि जनकपुर उपमहानगरले गरिरहेको तयारी सन्तोषजनक रहेको मन्त्री ज्ञवालीले बताए ।

मन्त्री ज्ञवालीका अनुसार मोदीको जनकपुर भ्रमणका बेला उनले जनकी मन्दिरमा पूजापाठ गर्नुका साथै नागरिक अभिनन्दन गर्ने मुख्य कार्यक्रम छ ।

त्यस्तै दुइ प्रधानमन्त्री केपी शर्मा ओली र नरेन्द्र मोदीको संयुक्त पत्रकार सम्मेलन भने काठमाडौंमै हुने मन्त्री ज्ञवालीले बताए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?