२१ मङ्सिर २०७८, मंगलवार

हेर्नुहोस्, महान् दार्शनिक प्लेटोका १८ प्रेरणादायी भनाइ

२०७८,कार्तिक,१०,बुधबार १२:१२

639
Shares

काठमाडौं । प्लेटोको जन्म एथेन्सको नजिकै ईजिना नामक द्विपमा भएको थियो । उनको परिवार एक सामन्त वर्गको थियो ।

उनका पिता अरिस्टोन र माता पेरिक्टोन इतिहासका प्रसिद्ध कुलिन नागरिक हुन् । प्लेटोले ४०४ इसापूर्वमा उनले सुकरातबाट शिक्षा लिएका थिए । उनी ४२८/४२७-३४७/३४८ मा जन्मिएका थिए ।

महान् दार्शनिक प्लेटोका यी १८ महत्वपूर्ण भनाइहरु

१. गरिबीको कारण सम्पत्तिको कमी होइन, चाहनाहरु धेरै भएर हो ।

२. हामी जे कुराको इच्छा राख्छौँ, कालान्तरमा हामी त्यही बन्छौँ ।

३. ज्ञान भनेको आफूभित्र भएको कुरालाई फेरि पत्ता लगाउनु हो ।

४. सबैभन्दा ठूलो सम्पत्ति भनेको थोरैमा सन्तुष्ट भएर बाँच्नु हो ।

५. सोच्नु भनेको नितान्त आफ्नै आत्मासँग कुरा गर्नु हो ।

६. शिक्षा भनेको हाम्रा सन्तानलाई राम्रा कुराको चाहना गर्न सिकाउनु हो ।

७. सबैभन्दा पहिलो र सबैभन्दा उत्कृष्ट जित भनेको आफूमाथि विजय पाउनु हो ।

८. कसैले जति नै ढिला भए पनि निरन्तर केही न केही प्रगति गरिरहेको छ भने त्यसलाई निरुत्साहित पार्ने काम नगर, यदि तिमी स्वयं नै त्यो व्यक्ति हाै भने पनि ।

९. आफ्नो गुफाभन्दा बाहिर निस्किनु मेरो साथी हो, हो बाहिर केही चिसो छ, तर त्यहाँबाट आकाशका ताराहरु धेरै सुन्दर देखिन्छन् ।

१०. जसले सिकी मात्रै रहन्छ तर केही गर्दैन भने त्यस्तो व्यक्तिले जोत्छ मात्रै केही गर्न सक्दैन ।

११. जसले कुनै शक्तिको इच्छा राख्दैन ऊ नै सो शक्ति पाउने उपयुक्त व्यक्ति हो ।

१२. सबैभन्दा खराब न्याय भनेको न्याय दिएको जस्तो नाटक गर्नु हो ।

१३. आफ्नो सन्तानलाई तपाईको इच्छाअनुसार हिँड्न बाध्य नगराउनुहोस्, उनीहरु छुट्टै समयको लागि बनेका हुन् ।

१४. तीन स्रोतहरुबाट मानिसको व्यवहार प्रदर्शित हुन्छ, चाहना, भावना र ज्ञान ।

१५. प्रत्येकसँग नम्र बोल,किनभने तिमीले जसलाई भेट्छौ ऊ पनि आफैँमा कुनै कठिन लडाइँ लडिरहेको हुनसक्छ ।

१६. वास्तविकता भनेको हाम्रो मस्तिष्कमा सिर्जित हुने कुरा हो, यदि हामीले आफ्नो सोच बदल्छौँ भने वास्तविकता आफै बदलिन्छ ।

१७. यदि तिमी सरकारको चालचलन प्रति कुनै महत्व राख्दैनौँ भने तिमी मूर्खहरुद्वारा शासित हुन बाध्य हुन्छौ ।

१८. सत्य बोल्नेलाई जति घृणा अरु कसैलाई गरिँदैन ।

प्रकाशित मिति: २०७८,कार्तिक,१०,बुधबार १२:१२

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

अहिले मौसम चिसो छ । चिसो मौसममा ब्याक्टेरियाबाट हुने विभिन्न किसिमका सङ्क्रमणहरू बढी देखिने गर्छ । जसको कारण रोगब्याधी हुने

अहिले विश्वमा कोभिडको ओमिक्रोन भेरियन्टले तहल्का मच्चाइरहेको छ । दक्षिण अफ्रिकामा पहिलो पटक पहिचान गरिएको ओमिक्रोन अहिले विश्वका विभिन्न मुलुकमा

पाल्पा । पाल्पाको रैनादेवी छहरा गाउँपालिका–५ मुझुंगका टोड्केमा अझै खानेपानी बोकेर ल्याउनुपर्ने बाध्यता हटेको छैन । सरकारले ‘एक घर, एक

ध्यू कुमारी (एलाे भेरा) लाई धेरै नै बहु गुणकारी बिरुवा मानिन्छ । सदियौँ देखि विभिन्न किसिमका रोग व्याधि देखि समस्याहरूलाई

ताजा समाचार

बुटवलको विभिन्न समस्या समाधान गर्न दबाब
 २०७८,मङ्सिर,२१,मंगलवार २०:४८
उपकुलपतिमा डा महतो नियुक्त
 २०७८,मङ्सिर,२१,मंगलवार २०:४२
इजरायलमा बर्ड फ्लूको प्रकोप
 २०७८,मङ्सिर,२१,मंगलवार १९:५३
कारागारमा आगलागी हुँदा ३८ जनाको मृत्यु
 २०७८,मङ्सिर,२१,मंगलवार १९:४८