घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

लोकपथ
585
Shares

काठमाडौं । नेपाली बजारमा दशैँपछि लगातार बढेको सुनको मूल्य आज प्रतितोला ६०० ले घटेको छ । स्थानीय बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार तोकिएको छ ।

मङ्गलबार नेपाली बजारमा प्रतितोला छापावाला सुनको मूल्य ९२ हजार ६०० मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला ९१ हजार ५०० रहने छ जसको मूल्य मङ्गलबार प्रतितोला ९२ हजार १०० तोकिएको थियो ।

त्यस्तै महासङ्घका अनुसार आज चाँदी अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला १५ ले घटेर रु एक हजार २५० कायम भएको छ । चाँदी मङ्गलबार प्रतितोला रु एक हजार २६५ मा कारोबार भएको थियो । महासङ्घले अन्तरराष्ट्रिय बजारको कारोबार मूल्यका आधारमा यहाँ सुन तथा चाँदीको मूल्य तोक्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?