९४ तोला चाँदीसहित एक जना पक्राउ

लोकपथ
315
Shares

मोरङ । मोरङ रतुवामाई नगरपालिका ३ छालगाछीबाट ९४ तोला चाँदी सहित एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सोही स्थानका ३० बर्षीय धर्बेन्द्र शर्मा रहेको प्रहरीले जनाएको छ ।

मंगलवार बेलुका साढे ७ बजे प्रहरी चौकी महादेवाबाट खटिएको प्रहरी टोलीले बिल नभएको तार बनाई ल्याएको ९४ तोला चाँदी सहित पक्राउ गरेको हो ।

पक्राउ परेका शर्मालाई आवश्यक कारबाहीको लागी मुल भन्सार कार्यालय रानी विराटनगर पठाउने तयारी भईरहेको ईलाका प्रहरी कार्यालय सिजुवाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?