१८ मङ्सिर २०७८, शनिवार

काष्ठमण्डप पुनःनिर्माण कात्तिक मसान्तसम्म सम्पन्न हुने

२०७८,कार्तिक,९,मंगलवार २२:४०

90
Shares

काठमाडौं । ऐतिहासिक काष्ठमण्डपको पुनःनिर्माण यही कात्तिक महिनासम्म पूरा हुने भएको छ ।

दसैँअघि नै सक्ने लक्ष्य राखिए पनि अझै केही काम बाँकी रहेकाले ढिलाइ भएको थियो । अब जस्तोसुकै अवस्था आए पनि यही कात्तिक मसान्तसम्म भने सबै काम सम्पन्न गर्ने निर्माण समितिले जनाएको छ ।

सो सम्पदाको अहिले ९८ प्रतिशत काम सम्पन्न भएको छ । यही महिनाको अन्त्यसम्ममा काम सम्पन्न गर्ने निर्माण समितिको योजना छ । काष्ठमण्डप पुनःनिर्माण समितिका अध्यक्ष राजेश शाक्यका अनुसार थोरै काम मात्र बाँकी रहेको छ । “केही अवरोध नआए ढुक्कसँग यही कात्तिक महिनाभित्र काम सम्पन्न हुन्छ”, उनले भने ।

विसं २०७२ को वैशाख १२ गते आएको भूकम्पले काष्ठमण्डप पूर्णरूपमा क्षति भएको थियो । उक्त सम्पदा पुनःनिर्माणका लागि काठमाडौँ महानगरपालिकाले आर्थिक सहयोग गरेको छ । पुनःनिर्माणको काम २०७५ को वैशाखदेखि सुरु गरिएको हो । निर्माणका लागि कामपाले हालसम्ममा ११ करोड ५० लाख रुपैयाँ दिइसकेको छ ।

पुनःनिर्मित उक्त ऐतिहासिक सम्पदामा गत साउन दोस्रो साता मूल गजुर भित्र्याइएको थियो । काष्ठमण्डपसँगैको श्रीखण्डतरुमूल महाविहारभित्र तीन दिनसम्म गुप्त तान्त्रिक पूजा गरी उक्त गजुरलाई भित्राइएको हो । गजुरलाई काष्ठमण्डपभित्र बिसाइसकेपछि सिँख्वःमूबहाःया पण्डित प्रा यज्ञमानपति बज्राचार्यको नेतृत्वमा सोही बहालका गुर्जुबाट चर्या नृत्यसहित प्रतिस्थापन पूजा गरिएको थियो ।

उक्त सम्पदा पुनःनिर्मणका लागि जम्मा १७ हजार ५८ क्युबिक फिट काठ प्रयोग भएको छ । प्रयोग भएका काठमध्ये केही यसअघिकै पुराना काठको प्रयोग भए पनि नयाँ केही काठ भने टिम्बर कर्पोरेसन अफ नेपालसँग लिखित सम्झौता गरी ल्याइएको हो ।

पुनःनिर्माण सुुरु भएको तीन वर्षमा सबै काम सक्ने भनिए पनि पटकपटक आएको कारोना महामारीका कारण कहिले निर्माण सामग्री लयाउन समस्या त कहिले कमदारको अभावले गर्दा निर्धारित समयमा पूरा गर्न नसकेको समितिको भनाइ छ ।

प्रकाशित मिति: २०७८,कार्तिक,९,मंगलवार २२:४०

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एमालेले चितवनमा महाधिवेशन गर्दा विकास देख्ने अवसर पाएको बताएका छन् । उनले चितवन जिल्ला राजनीतिको

लामो कूटनीतिक प्रयासपछि कतार सरकार १६ वर्षअघिको नेपालसँगको श्रम सम्झौता पुनरावलोकन गर्न सहमत भएको छ । काठमाडौंमा शुक्रबारदेखि सुरु भएको

मेडिकल सिटीको रुपमा परिचत भरतपुरमा सञ्चालनमा रहेको एक अस्पतालले स्तरोन्नति गरी सुविधा सम्पन्न भवन निर्माण गरेको छ । कूल ५५

चितवनमा आजदेखि स्मार्ट लाइसेन्स नवीकरण कार्य सुरु हुँदैछ । पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्मार्ट लाइसेन्स

ताजा समाचार

श्रम सम्झौता पुनरावलोकनमा कतार सहमत
 २०७८,मङ्सिर,१८,शनिवार ०८:२१
डेढ अर्बको लगानीमा बन्यो अस्पताल
 २०७८,मङ्सिर,१८,शनिवार ०८:१८
चितवनमै ‘स्मार्ट लाइसेन्स’ नवीकरण हुँदै
 २०७८,मङ्सिर,१८,शनिवार ०८:१६
‘होई मेरो संसार’मा सरोज र विनाको छमछमी
 २०७८,मङ्सिर,१८,शनिवार ०८:०८
बेलायतमा ४२ जनामा देखियो ‘ओमिक्रोन’
 २०७८,मङ्सिर,१८,शनिवार ०७:३२
२५ वटा कम्पनीको आईपीओ आउँदै
 २०७८,मङ्सिर,१८,शनिवार ०७:१९
४० दिनपछि सर्वोच्च अदालत लयमा
 २०७८,मङ्सिर,१८,शनिवार ०७:१६