मुलुक संकटतर्फ धकेलियो – प्रवक्ता महरा

लोकपथ
1.9k
Shares

घोराही । नेकपा (माओवादी केन्द्र) का प्रवक्ता कृष्णबहादुर महराले मुलुकमा संकट थपिन लागेको बताएका छन् ।

प्रेस सेन्टर नेपालको चौथो जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै महराले प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराले राजिनामा दिनुपर्ने चौतर्फिरुपमा आवाज उठिरहेको भन्दै यस प्रकरणले मुलुकमा फेरि संकट आइ लागेको बताएका हुन् ।

उनले पाँच दलिय गठबन्धनले देशमा आइपरेका संकट मिलेर समाधान गर्ने पनि बताए । राष्ट्रियता र संविधानको रक्षाका लागि अन्तिम संघर्ष जरुरी रहेको भन्दै उनले संविधान बचाउन पाँच दलिय गठबन्धन बनेको र यो चुनाबसम्म निरन्तर रुपमा अघि बढ्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?