बाढी, पहिरो र डुबान प्रभावित किसानलाई राहत दिन छलफलमा जुटे कृषि मन्त्री यादव

लोकपथ
247
Shares

काठमाडौं । कृषि तथा पशुपंक्षी विकास मन्त्री महेन्द्र राय यादवले सातै प्रदेशका कृषि मन्त्रीहरुसँग छलफल गरेका छन् ।

मंगलवार सिंहदरवारस्थित मन्त्रालयमा सातै प्रदेशका कृषि मन्त्रीहरुलाई बोलाएर हालै देशमा आएको बाढी, पहिरो तथा डुबानका कारण भएको क्षति तथा पीडित किसानलाई दिइने राहत एवं क्षतिपूर्तिको बारेमा छलफल गरेका मन्त्रालयका प्रवक्ता डा. प्रकाश सञ्जेलले जानकारी दिए ।

सात वटै प्रदेशको प्रारम्भिक क्षति विवरण मन्त्रालयमा आइपुगेकोले प्रारम्भिक क्षतिको आधारमा अरू थप के गर्न सकिन्छ, तत्काल राहत कसरी र कति दिने, थप क्षतिपूर्ति दिनका लागि कस्तो प्रक्रिया अपनाउने भन्ने विषयमा छलफल भइरहेको प्रवक्ता सञ्जेलले बताए ।

पीडित किसानलाई राहत दिनका लागि संघ, प्रदेश तथा स्थानीय तहबीच समन्वय हुने कृषि मन्त्रालयले समेत जनाएको छ । छलफलमा सात वटै प्रदेशका कृषि मन्त्रीहरूको धारणा सुनिसकेपछि संघीय सरकारले पीडित किसानहरुका लागि राहत तथा क्षतिपूर्तिको व्यवस्थामा लाग्ने मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?