वन मुद्दाका फरार प्रतिवादी तीन वर्षपछि पक्राउ

लोकपथ
182
Shares

दमौली । वन मुद्दामा जिल्ला अदालत तनहुँबाट सजाय पाएका एक फरार प्रतिवादी पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा साविक किहुँ गाविस हाल भिमाद नगरपालिका – १ बस्ने ६५ वर्षीय गञ्जसिं सोती थापामगर रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

थापामगरलाई आज पक्राउ गरी आवश्यक कारबाहीका लागि जिल्ला अदालतमा पेश गरिएको प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए ।

जिल्ला अदालतले विसं २०७५ चैत १२ गते थापामगरविरुद्ध दुई महिना पाँच दिन कैद र दुई लाख ३३ हजार रुपैयाँ जरीवानाको फैसला सुनाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?