१८ मङ्सिर २०७८, शनिवार

लेवनानमा नेपाली शान्ति सैनिक सामाजिक कार्यमा सहभागी

२०७८,कार्तिक,९,मंगलवार २०:५१

225
Shares

काठमाडौं । संयुक्त राष्ट्रसङ्घ ७६औँ स्थापना दिवसका अवसरमा लेवनानमा तैनाथ नेपाली शान्ति सैनिकले विभिन्न जनहित कार्य गरेको छ ।

सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार लेवनानमा तैनाथ बर्दबहादुर गण (शा.से.) ६२औँ डफ्फाले आफ्नो जिम्मेवारी क्षेत्रका जनतालाई स्वास्थ्य, शिक्षा, वातावरण र आर्थिक क्षेत्रमा सहयोग पु¥याएको हो । नेपाली सैनिकको चिकित्सक टोलीले स्थानीय हउला र माज्दल स्लिम नगरपालिकास्थित सरकारी विद्यालयमा दाँत र मुखको हेरचाहसम्बन्धी सचेतना कक्षा सञ्चालनका साथै झण्डै २०० विद्यार्थीलाई शैक्षिक सामग्री र डेण्टल हाइजिन कीट प्रदान गरेको छ ।

‘हरियाली लेवनान’ अभियानअन्तर्गत स्थानीय तलुसा नगरपालिकामा जैतुन र सल्लाका बिरुवा तथा साक्रा र माज्दल स्लिम नगरपालिकामा स्थानीय हाटबजार लाग्ने करिब ४०० मिटर सडकमा रङरोगनसहितको करिडोर निर्माण गरेको सेनाले जनाएको छ ।

नेपाली शान्ति सैनिकले द्वन्द्वग्रस्त मुलुकको अति संवेदनशील इलाकामा तैनाथ रही आफ्नो कार्य जिम्मेवारीको अतिरिक्त नागरिकलाई पु¥याएको मानवीय सहयोगले समुदाय र शान्ति सैनिकबीच विश्वास एवं सम्बन्ध थप प्रगाढ तुल्याउन योगदान पुगेको बताइएको छ ।

प्रकाशित मिति: २०७८,कार्तिक,९,मंगलवार २०:५१

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत बागमती प्रदेशमा सभापतिका लागि तीन जनाको उम्मेद्‌वारी परेको छ । प्रदेश राजधानी हेटौंडामा

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग फुटबलको तेस्रो चरणको खेल अन्तर्गत आज शनिबार दुई खेलहरु हुँदैछन् । त्रिपुरेश्वरस्थित दशरथ

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको नयाँ नेतृत्वका लागि आज शनिबार निर्वाचन हुँदैछ । भृकुटिमण्डपमा जारी महाधिवेशनमा अध्यक्ष, चार उपाध्यक्ष, तीन

‘ऊ बेलामा एउटै गीतमा ३/४ घण्टा लगाएर बजाउनु पर्थ्याे, अहिले धेरै त होइन तीन घण्टामा १०/१२ वटासम्म गीतमा बाँसुरी बजाउन

ताजा समाचार

श्रम सम्झौता पुनरावलोकनमा कतार सहमत
 २०७८,मङ्सिर,१८,शनिवार ०८:२१
डेढ अर्बको लगानीमा बन्यो अस्पताल
 २०७८,मङ्सिर,१८,शनिवार ०८:१८
चितवनमै ‘स्मार्ट लाइसेन्स’ नवीकरण हुँदै
 २०७८,मङ्सिर,१८,शनिवार ०८:१६
‘होई मेरो संसार’मा सरोज र विनाको छमछमी
 २०७८,मङ्सिर,१८,शनिवार ०८:०८
बेलायतमा ४२ जनामा देखियो ‘ओमिक्रोन’
 २०७८,मङ्सिर,१८,शनिवार ०७:३२