प्रदेश नं २ सरकारले मुस्कानको थप उपचारका लागि ५ लाख सहयोग गर्ने

लोकपथ
0
Shares

पर्सा । प्रदेश नं २ सरकारले पर्सा वीरगञ्जका एसिड पीडित मुस्कान खातुनाको थप उपचारका लागि पाँच लाख सहयोग गर्ने भएको छ ।

मन्त्रिपरिषद्को आज बसेको बैठकले एसिड पीडित खातुनाको थप उपचारका लागि पाँच लाख उपलब्ध गराउने निर्णय गरेको हो । वीरगञ्ज–४ स्थित गणेशमान चोकमा २०७६ भदौ २० गते दुई युवकले मुस्कानमाथि एसिड प्रहार गरेका थिए ।

यसअघि खातुनको उपचारका लागि सङ्घीय सरकारले पनि रु तीन लाख सहयोग उपलब्ध गराएको थियो । यसैगरी उनको उपचारका लागि वीरगञ्ज महानगरपालिका कार्यालयले दुई लाख र नगर प्रमुख विजय सरावगीको तलब भत्ताबाट रु एक लाख गरी जम्मा तीन लाख सहयोग गरेको थियो । यसअघि प्रदेश सरकारले एसिड पीडित जनकपुरकी आरती साहलाई पनि रु पाँच लाख सहयोग गरेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?