‘होण्डा फेस्टिभ बोनान्जा’को पहिलो विजेता घोषणा

लोकपथ
156
Shares

काठमाडौं । होण्डा कारले नेपालीहरुको महान चाड दशैँ, तिहार र छठलाई लक्षित गर्दै ल्याएको “होण्डाको फेस्टिभ बोनान्जा” योजना अन्तर्गत पहिलो विजेता घोषणा गरेको छ ।

नेपालका लागि होण्डा कारको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनी प्रालिले चाडपर्व लक्षित “होण्डाको फेस्टिभ बोनान्जा” योजना अन्तर्गत कार्तिक ५ गते लक्कीमार्फत पहिलो विजेता घोषणा गरेको हो ।

बुटवलको ड्राइभवे व्हिलस् प्रा.लिबाट WRV-SVMT खरिद गरी संजय नेपालले हरेक हप्ता हुने ‘लक्की ड्र’मार्फत ३ लाख ५० हजार रुपैयाँ नगद उपहार प्राप्त गरेका छन् ।

यसयोजना अन्तर्गत ग्राहकहरुले होण्डा कारको खरिदमा हात खाली नजाने गरी २ लाखसम्मको नगद छुट, १ वर्षसम्मको लागि फ्रि इन्स्योरेन्स, १ वर्षसम्मको लागि फ्रि रोड ट्याक्स, ३ वर्षसम्मको लागि फ्रि सर्भिसिङ, ३ वर्षसम्मको लागि स्पेयर पार्टस्मा ७%को छुटका साथै अन्य धेरै फ्रि आकर्षक उपहार प्राप्त गर्न सक्नेछन् ।

यसका साथै हरेक १५ दिनमा एक जना भाग्यशाली ग्राहकले ३ लाख ५० हजारसम्मको क्यास ब्याक जित्न सक्नेछन् । यो योजना होण्डाको सबै कारमा सीमित अवधिका लागि मात्र लागू गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?