हेर्नुहोस् लोकपथको टप १५ हेडलाइन्स् (भिडियोसहित)

लोकपथ
156
Shares
लोकपथ डट कमको अनलाइन समाचार बुलेटिनमा तपाईँलाई स्वागत छ । यो अङ्कमा तपाईँले आजको ताजा र प्रमुख समाचारहरू सुन्न र हेर्न पाउनु हुनेछ । दैनिक समाचारका लागि लोकपथ डटको आधिकारिक युट्युब च्यानललाई सब्सक्राइब गरेर नियमित रूपमा समाचार र अन्य सूचनामूलक जानकारी प्राप्त गर्न सक्नुहुन्छ ।

१.न्यायालय सुधारका विषयमा आज सर्वाेच्च अदालतका न्यायाधीश र प्रधानन्यायाधीश राणाबीच छलफल, सडकको दबाबमा आफूले राजीनामा नदिने राणाको जवाफ ।

२. अदालतको राजनीतिक दाउपेच र खिचातानीको समर्थन र विरोध दुवैमा एमाले नलाग्ने, सत्तारुढ गठबन्धनले प्रणालीमाथि नै प्रहार गरेको अध्यक्ष ओलीको आरोप ।

३. न्यायाधीशहरूले प्रधानन्यायाधीशको राजीनामा माग्दै हिँडेपछि आज पनि सर्वाेच्चमा मुद्दाको सुनुवाइ भएन, इजलास नबस्दा दुई दिनदेखि सुनुवाइ रोकियो ।

४. ७ सय ५३ वटै पालिकामा आज नेकपा एमालेको अधिवेशन, संविधान र गणतन्त्रको रक्षा गर्ने एमाले मात्रै भएको अध्यक्ष केपी शर्मा ओलीको दाबी ।

५.कांग्रेसमा आन्तरिक लोकतन्त्र कमजोर, एमालेले वडा सकेर पालिका अधिवेशन गर्दा समेत क्रियाशील सदस्यता विवादका कारण केही जिल्लामा कांग्रेसको वडा अधिवेशन अझै हुन सकेन ।

६. बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले भोलि प्रदेशसभामा विश्वासको मत लिँदै, कांग्रेससहित चारदलीय गठबन्धनले नयाँ मुख्यमन्त्रीमा राजेन्द्र पाण्डेको नाम प्रस्ताव गरेपछि शाक्यको पद धरापमा ।

७. चालू आर्थिक वर्षको दोस्रो महिनामा रेमिट्यान्स ६ दशमलव ३ प्रतिशतले घट्यो, शोधानान्तर स्थिति ८३ अर्ब ४१ करोड र सरकारी चालू खाता १ खर्ब ६ अर्ब ७५ करोडले घाटामा ।

८. मंगलबार नेपालमा कोरोनाका ६ सय ६६ जना नयाँ संक्रमित थपिए, ६ सय २२ जना संक्रमणमुक्त, पछिल्लो २४ घण्टामा ११ जनाको मृत्यु ।

९. नेपाली सेयर बजार लयमा फर्कियो, नेप्से परिसूचक ७८ दशमलव ८२ अंकले बढ्दा ६ अर्बभन्दा माथिको कारोबार, लगानीकर्ता उत्साहित

१०.यातायात व्यवस्था विभागले आजबाट सवारी अनुमतिपत्र लाइसेन्सको नयाँ आवेदन खुलायो, अनलाइनमार्फत आवेदन दिन सकिने ।

११. तीन दिनयता नेपाली बजारमा सुनको भाउ निरन्तर उकालो लाग्यो, आइतबार छापावाल सुन प्रतितोला ९२ हजार ६ सयमा कारोबार ।

१२.जापानकी राजकुमारीले आज आफ्ना प्रेमीसँग विवाह गरिन्, सामान्य नागरिकसँग विवाह गरेपछि राजकुमारीद्वारा शाही पदवी त्याग ।

१३.सैनिकले सत्ता कब्जा गरेको विरोधमा सुडानमा प्रदर्शन,सेनाले गोली चलाउँदा ७ जनाको मृत्यु, १ सय ४० जना घाइते ।

१४.नेपालका बक्सर सनिल शाही आइबा पुरुष विश्व बक्सिङ च्याम्पियनसिपको राउन्ड अफ ३२ मा प्रवेश, ६७ केजी तौल समूहमा इराकी बक्सर अल ओहिदीबाट वाक ओभर पाए ।

१५.स्पेनिस ला लिगा फुटबलअन्तर्गत राउन्ड इलाभेनको खेलमा आज स्पेनियल र एथ्लेटिक क्लब भिड्दै, दुवै टिम एक–अर्कालाई हराएर अंकतालिका सुधार गर्ने दाउमा ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?