२१ मङ्सिर २०७८, मंगलवार

नेपालमा डान्स रियालिटी शो हुने

२०७८,कार्तिक,९,मंगलवार १७:५०

0
Shares

काठमाडौं । नेपालमा नृत्य प्रतियोगिता(डान्स रियालिटी शो) डान्स च्याम्पियन हुने भएको छ ।

कि एड्भर्टाइजिङ प्रालिले इन्टरनेशनल डान्स एकेडेमी सँगको सहकार्यमा डान्स रियालिटी सो गर्न लागेको हो ।

नेपालीको नृत्य प्रतिभालाई नेपाली दर्शक सामु लैजाने र नेपाली नृत्यको प्रचार प्रसार गर्न डान्स रियालिटी शो गर्न लागेको कि एड्भर्टाइजिङले बताएको छ । मंगलबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिताको निर्णायक मध्येकी एक नायिका निरुता सिंहले नेपालीपनको नृत्य रियालिटी शोमा हेर्न पाइने बताइन् । नेपाली टेलिभिजनमा फ्रेन्चाइज शोहरुको दबदबा रहेको समयमा आफैँ मौलिकता बोकेको नृत्य प्रतियोगिता हुन सक्नु गौरवको विषय भएको नायिका एवं निर्णायक सिंहले बताइन् ।

कार्यक्रम आगामी कार्तिक २५ गतेदेखि हप्ताको बिहीवार र शुक्रवार प्रशारण हुनेछ । प्रतियोगिताको निर्णायकमा नायिका सिंहसँगै, कोरियोग्राफर जगत रावल, डान्सर आस्मा विश्वकर्मा रहनुहुनेछ । प्रतियोगिताको बिजेताले २५ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् भने प्रतियोगिता सम्बन्धी कार्यक्रम कान्तिपुर टेलिभिजनमा हेर्न पाइनेछ भने यो ३४ भागको हुने कार्यक्रम निर्माता कि एड्भर्टाइजिङले बताएको छ ।

प्रकाशित मिति: २०७८,कार्तिक,९,मंगलवार १७:५०

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । बलिउडकी सुन्दर र निकै सक्रिय अभिनेत्री करीना कपुर खानले हलिउड अभिनेत्री जेनिफर लरेन्सको तस्बिर सेयर गरेकी छिन् ।

काठमाडौं । सन् २०१७ मा मिस वर्ल्ड बनेकी मानुषी छिल्लर छिट्टै आफ्नो पहिलो फिल्म ‘पृथ्वीराज’बाट बलिउडमा प्रवेश गर्दै छिन् ।

काठमाडौं । ज्याकलिन फर्नान्डेज मनी लान्ड्रिङका कारण चर्चामा रहेकी छिन् । ज्याकलिनलाई ईडीले डिसेम्बर ८ मा सोधपुछका लागि बोलाएको छ

अर्को साता आयोजना हुने मिस युनिभर्स (ब्रह्माण्ड सुन्दरी) प्रतियोगिताका प्रतियोग सुन्दरीहरू पहिलो पटक डेड सी (मृत सागर) मा फाेटाे सेसनकाे

ताजा समाचार

इजरायलमा बर्ड फ्लूको प्रकोप
 २०७८,मङ्सिर,२१,मंगलवार १९:५३
कारागारमा आगलागी हुँदा ३८ जनाको मृत्यु
 २०७८,मङ्सिर,२१,मंगलवार १९:४८
सभापतिमा दावी छाड्न तयार भए शशांक
 २०७८,मङ्सिर,२१,मंगलवार १९:४२