गौरीगंगा नगरपालिकाकी उपमेयरले सीडीओको टाउको फुटाउने चेतावनी दिएपछि… (भिडियोसहित)

लोकपथ
2.2k
Shares

कैलाली । कैलालीको गौरीगंगा नगरपालिकाकी उपप्रमुख अञ्चला चौधरीले कैलालीका प्रमुख जिल्ला अधिकारीको टाउको फुटाउन तयार रहेको बताएकी छिन् ।

उनले यस्तो अभिव्यक्ति दिएको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

गौरीगंगा नगरपालिकामा रहेको पार्टी कार्यालयबारे विवाद भएपछि दुई पार्टी नेकपा एमाले र नेकपा (एकीकृत समाजवादी) बीच विवाद भएको छ । एमाले पार्टी कार्यालयमा तालाबन्दी गरेपछि त्यहाँ प्रशासनले ठूलो मात्रामा सुरक्षाकर्मी समेत परिचालन गरेको छ ।

सुरक्षाको लागि खटिएका प्रहरीसँग कुराकानी गर्दै उपमेयर चौधरीले भनिन्, ‘भोलिका दिनमा यहाँ केही घटना परिघटना भयो भने त्यस्को जिम्मेवारी सीडीओ हुने । हामी सीडीओको पनि टाउको फुटाउन तयार छौँ । तर सीडीओले सहमतिका लागि वातावरण जुटाउनपर्छ यहाँ ।’
सोमबार दुवै पार्टीका कार्यकर्ताहरुको सामान्य झडप समेत भएको थियो । सोमबार दिउँसो नेकपा (एस)ले एमाले पार्टी कार्यालयमा तालाबन्दी गरेपछि त्यहाँ तनाव भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?