काठमाडौं । अक्टोबरमा हालसम्म एक लाखभन्दा बढी पर्यटकहरुले माल्दिभ्सको भ्रमण गरेका छन् ।
राज्यको स्वामित्वमा रहेको पीएसएम न्यूजले त्यहाँको पर्यटन मन्त्रालयको तथ्यांकलाई उद्धृत गर्दै मंगलबार उक्त तथ्याङ्क सार्वजनिक गरेको हो । अक्टोबर १ देखि २४ सम्म एक लाख २ हजार ४३४ पर्यटकले माल्दिभ्स भ्रमण गरेका पर्यटन मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।
सन् २०२० जुनको सोही अवधिको तुलनामा हाल ५९९ प्रतिशतले बढेको छ । तर २०१९ को तुलनामा २ प्रतिशतले घटेको छ ।
माल्दिभ्सले यस वर्ष अहिलेसम्म कुल नौ लाख ७३ हजार २६९ पर्यटक आगमन रेकर्ड रहेको बताएको छ । माल्दिभ्सका लागि पर्यटक आगमनको सबैभन्दा ठूलो स्रोत भारत र रुस हो । यस आगमनको क्रमशः २३ प्रतिशत र १९ प्रतिशत रहेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया