दार्चुला- सडक बन्न थालेको दशक बित्यो तर दार्चुला व्यास–२ राप्लाका बहादुरसिंह धामीको मोटर चढेर तिब्बत हेर्ने रहर अझै पूरा भएको छैन । भारत, नेपाल र चीन जोड्ने दार्चुलाको तिङ्कर सडक बन्ने हल्लासँगै व्यासवासीको मोटर चढेर सहर र तिब्बत जाने रहर पलाउँछ । त्यति मात्र होइन, विकासको मूल फुट्ने आस पनि जाग्छ । धामी भन्छन्, ‘सदरमुकाम खलंगा हुँदै तिब्बतसम्म मोटरमा पुग्ने हल्ला मात्र सुनियो, निर्माण कहिल्यै सम्पन्न भएन ।’
सडक निर्माणका लागि वर्षैपच्छिे बजेट पनि आउँछ, सडक खन्न भन्दै बेलामौकामा निर्माण व्यवसायी पनि आउँछन् । तर, प्रगति शून्य देखिन्छ ।
राजधानी दैनिक का अनुसार -खलंगाबाट तिङ्करसम्मको ६५ किलोमिटर सडक अहिले पनि निर्माणाधीन अवस्थामा छ । ‘१० वर्ष भयो, सडकको निर्माणमा प्रगति देखिएको छैन । त्रिदेशीय सीमा क्षेत्र तिब्बत पुग्न छोटो दूरीको यो सडकका लागि बजेट पनि आउँछ । तर, फ्रिज भएर जान्छ,’ धामीले भने ।मोटर चढ्ने सपना अहिलेसम्म पूरा नभएपछि स्थानीय अहिले पनि भारतीय सडकमार्ग र तुइनको यात्रा गर्न बाध्य छन् । स्थानीय होस् वा केन्द्रको निर्वाचन त्यसका लागि यो सडक मुद्दा बन्ने गरेको छ । धामीले भने, ‘चुनावपछि सडकको अवस्था ज्युँका त्यूँ देखिन्छ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया