चितवन : अार्इतबार रातीको भिषण हावाहुरी र असिनापानीका कारण रूख ढल्दा चितवनमा दुर्इजनाले ज्यान गुमाएका छन् ।
हावाहुरीपछि ढलेको रूखले किचेर भरतपुर रामनगरको सतनचुली सामुदायिक वनमा घाँस काट्न गएकी ४० बर्षीय सितली श्रेष्ठको मृत्यु भएको छ । यसैगरि, इच्छाकामना गाउँपालिका-७ स्थित चिसापानीमा काठ काट्न गएका स्थानीय कर्णबहादुर गुरूङको पनि रूख ढल्दा त्यसैले किचेर मृत्यु भएको छ ।
चिसापानीमा रूखले किचेर स्थानीय २४ बर्षीय शिव गुरूङ र अर्का शिव थापामगर घार्इते भएको प्रहरीले जानकारी दिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया