नेपालमा कोरोना : कस्तो छ पछिल्लो २४ घण्टाको अवस्था ? (तथ्यांकसहित)

लोकपथ
1k
Shares

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ६६६ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ ।

देशभर कुल १२ हजार २० जनाको परीक्षण गर्दा ५ सय ६९ जनाको पीसीआर र ९७ जनाको एन्टीजेन पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । त्यस्तै देशभरबाट थप ६२२ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ७ लाख ८८ हजार ६ सय ३० पुगेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार हालसम्म नेपालमा कोरोना संक्रमणका कारण ११ हजार ३ सय ७२ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा मात्रै नेपालमा कोरोना संक्रमणको कारण थप ११ जनाको मृत्यु भएको हो ।

पछिल्ला केही दिनयता नेपालमा कोरोना संक्रमितको संख्यामा कमीआएसँगै सक्रिय संक्रिय संक्रमितको संख्यामा समेत कमी आएको छ ।

हाल नेपालमा सक्रिय कोरोना संक्रमितको संख्या १० हजार २ सय ९६ रहेको मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?