चालू खाता १०६ अर्ब र शोधानान्तर स्थिति ८३ अर्बले घाटामा

लोकपथ
143
Shares

काठमाडौं। चालू आर्थिक वर्षको दोस्रो महिना (भदौ)मा चालू खाता १०६ अर्ब ७५ करोडले घाटामा रहेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा चालू खाता २५ अर्ब १६ करोडले बचतमा रहेको थियो । त्यस्तै, यसै अवधिमा शोधनान्तर स्थिति ८३ अर्ब ४१ करोडले घाटामा रहेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ ।

अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति ६७ अर्ब ६३ करोडले बचतमा रहेको थियो ।त्यस्तै, यस अवधिमा प्रत्यक्ष वैदेशिक लगानी २४.६ प्रतिशतले वृद्धि भई ३ अर्ब ४ करोड पुगेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा खुद प्रत्यक्ष वैदेशिक लगानी २ अर्ब ४४ करोड रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?