रेमिट्यान्स ६.३ प्रतिशतले घट्यो

लोकपथ
104
Shares

काठमाडौं । चालू आर्थिक वर्षको दोस्रो (भदौ) महिनामा रेमिट्यान्स (विप्रेषण आप्रवाह) ६.३ प्रतिशतले घटेको छ ।

नेपाल राष्ट्र बैंकले  सार्वजनिक गरेको मुलुकको चालू आर्थिक वर्षको दोस्रो महिनाको वर्तमान आर्थिक अवस्थाले यस्तो देखाएको हो । यस अवधिमा १ खर्ब ५५ अर्ब ३७ करोड रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको छ । अघिल्लो वर्षको सोही अवधिमा ८.१ प्रतिशतले रेमिट्यान्स बढेको थियो ।

यस अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रमस्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या उल्लेख्य रुपमा वृद्धि भएको छ । यस अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिनेको संख्या ३८ हजार ४९२ पुगेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ९९.२ प्रतिशतले घटेको थियो ।

त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा उल्लेख्य रुपमा वृद्धि भई २२ हजार ९७६ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ८६.५ प्रतिशतले घटेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?