लयमा फर्कियो सेयर बजार : नेप्से उच्च अंकले बढ्यो, कारोबार रकममा पनि वृद्धि

लोकपथ
247
Shares

काठमाडौं । निरन्तर ओरालो लागिरहेको सेयर बजार पुन: लयमा फर्किएको छ । साताको तेस्रो कारोबार दिन आज (मंगलबार) पनि सेयर बजार उकालो लागेको हो । यस साता तीन दिन नै सेयर बजारमा हरियाली छाएको छ ।

सेयर बजार लयमा फर्किएसँगै लगानीकर्ताहरु उत्साहित भएका छन् । आज नेप्सेसहित कारोबार रकममा समेत वृद्धि भएको छ ।

नेपाल स्टक एक्सचेन्ज नेप्सेका अनुसार आज सेयर कारोबार मापक नेप्से परिसूचक ७८.८२ अंकले बढेर २७५१.०७ बिन्दुमा पुगेको छ । आज नेप्से २.९५ प्रतिशतले बढेको हो ।

यता, सेन्सेटिभ परिसूचक ११.५० अंकले बढेर ५१६.०७ बिन्दुमा पुगेको छ ।

कुल २२७ कम्पनीको एक करोड १४ लाख ८६ हजार १२३ कित्ता सेयर खरिदबिक्री हुँदा ६ अर्ब ३१ करोड ८३ लाख ४० हजार ९३२ रुपैयाँको कारोबार भएको छ ।

कुल १३ उपसमूहमा १३ वटै समूहको सेयरमा हरियाली छाएको छ । आज होटल एण्ड पर्यटन समूहको सेयर ७.५१ प्रतिशतले बढेको हो । त्यसैगरी, फाइनान्स समूहको सेयर ५.६१ प्रतिशतले बढेको छ ।

त्यसैगरी, ७ वटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । कारोबार रकम बढ्दा कामना सेवा विकास बैंकले सर्वाधिक कारोबार गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?