काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले गोल्डेन नेपाल सप्लायर्स टोखा–५ लाई कारबाही गरेको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी अनुप केसीको नेतृत्वको टोलीले सोमबार साँझ टोखा क्षेत्रमा गरेको बजार अनुगनका क्रममा मिति गुज्रिएको खाद्य वस्तु (लेज, कुर्कुरे)लाई रिलेभलिङ गरेर पुनः बजार पठाउन तयारी अवस्थामा राखिएको खेला पारेको थियो ।
जिप्रका सूचना अधिकारी उमाकान्त अधिकारीले रिलेभलिङ गरेर बजार पठाउन लागिएको झण्डै १४ लाखबराबरको सामग्रीलाई जफत गरी सिल गरिएको जानकारी दिए ।
बजार अनुगमनका क्रममा उक्त कार्यमा सङ्लग्न व्यवसायीलाई उपभोक्ता हित संरक्षण ऐन, २०७५ को दफा १६ को २ बमोजिम तत्काल तीन लाख जरिवानाका लागि कारबाही प्रक्रिया अघि बढाइएको उनले बताए ।
पुरानो वस्तुलाई नयाँ हो भनी देखाई वा झुक्याई बिक्री गरेको पाइएकोले सोही ऐनको दफा ३९ को ‘ख’को प्रावधानबमोजिम कारबाही हुने व्यवस्थाअनुसार कारबाही प्रक्रिया अगाडि बढाइएको उनको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया