चीनको लानजू सहरमा पुनः लकडाउन, अस्पताल जानबाहेक घरबाट निस्कन नपाइने

लोकपथ
6.7k
Shares

काठमाडौं । चीनमा ४० लाख जनसंख्या भएको एक शहरमा मंगलबार पुनः लकडाउन लागू गरिएको छ । गाँसू प्रान्तको राजधानी लानजू सहरमा कोरोनाको बढ्दो संक्रमणपछि यस्तो कदम उठाइएको सञ्चार माध्यमहरुले जनाएका छन् ।

संक्रमितको संख्या निकै थोरै भए पनि सावधानी स्वरुप लानजूमा लकडाउन लागू गरिएको छ । त्यहाँका जनतालाई आपत्कालीन स्थितिमा मात्रै बाहिर निस्कन अपिल गरिएको छ ।

सोमबार चीनमा २९ नयाँ संक्रमित भेटिएका मध्ये लानजूमा ६ जना मात्रै भेटिएका थिए । सहरका अधिकारीले लानजूमा प्रवेश र त्यहाँबाट बाहिरिने प्रक्रियालाई पूर्ण रुपमा नियन्त्रण गरिने समाचार एजेन्सी एएफपीले बताएको छ । प्रशासनले सबै मानिसहरुलाई आफ्नो हाउजिङ कम्प्लेक्सभित्र नै बस्नुपर्ने आदेश दिएको छ । अत्यावशेक सामग्री औषधि र अस्पताल जानबाहेक प्रशासनले अरु कुरामा रोक लगाएको छ ।

यसअघि पनि उत्तरी चीनमा हजारौं मानिसलाई घरभित्रै बस्न कडा आदेश दिइसकिएको छ । चीनमा कोरोनाको ताजा संक्रमण डेल्टा भेरियन्टसँग सम्बन्धित भएको बताइएको छ । स्वास्थ्य अधिकारीले परीक्षणको दायरा बढेसँगै संक्रमितको संख्या पनि बढ्ने अनुमान गरेका छन् ।

पछिल्लो एक हप्तामा चीनमा कोभिड–१९ का १३३ नयाँ संक्रमित भेटिएका छन् जसमध्ये १०६ संक्रमित अन्य देशबाट आएका पर्यटक छन् । १७ अक्पटोबरपछि चीनका ११ प्रान्तमा घरेलु संक्रमितको संख्यामा पनि वृद्धि भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?