संयुक्त अधिवेशनको तयारीमा एमाले–माओवादी

काठमाडौँ- एमाले र माओवादी केन्द्रले आन्तरिक तयारी सकेर पार्टी एकता घोषणाका लागि जेठ पहिलो साता ‘संयुक्त अधिवेशन’ बोलाउने भएका छन् ।

एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पछिल्लो छलफलमा दुवै पार्टी विघटन र नयाँ पार्टी घोषणाका लागि ‘संयुक्त अधिवेशन’ बोलाउने समझदारी गरेका हुन् । आजको नयाँ पत्रिका दैनिकमा यसबारे खबर छ |

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?