२१ मङ्सिर २०७८, मंगलवार

रुसी राष्ट्रपति पुटिन र ब्रिटिस प्रधानमन्त्री जोन्सनबीच फोनवार्ता

२०७८,कार्तिक,९,मंगलवार १४:५४

189
Shares

काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र ब्रिटिस प्रधानमन्त्री बोरिस जोन्सनबीच फोनवार्ता भएको छ । उनीहरुबीच सोमबार फोनवार्ता भएको रुसी राष्ट्रपति कार्यालयले जनाएको छ । उनहरुबीच आपसी हित र द्धिपक्षीय सम्बन्धका विषयमा कुराकानी भएको सो कार्यालयले जनाएको छ ।

उनीहरुका बीचमा अन्तर्राष्ट्रिय विभिन्न विषय, विश्व राजनीतिका साथै कोरोना भाइरसको असरका बारेमा पनि कुराकानी भएको थियो ।

उनीहरुका बीचमा खासगरी जलवायु परिवर्तनका बारेमा विशेष कुराकानी भएको बताइएको छ । उनीहरुबीचमा जलवायु परिवर्तनका विषयमा हुन लागेको सयुक्त राष्ट्रसंघीय सम्मेलनका बारेमा कुराकानी भएको थियो । यसै हप्ता स्कटल्याण्डमा सयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी सम्मेलन हुन लागेको छ ।

उक्त सम्मेलनको सफलताका लागि रुसी राष्ट्रपति पुटिनले शुभकामना व्यक्त गरेका थिए । उक्त सम्मेलनका मुद्दाका विषयमा उनीहरुबीच फोनमा कुराकानी भएको बताइएको छ । साथै अफगानिस्तानको पछिल्लो अवस्थाका साथै युक्रेनको द्धन्द्धका विषयमा पनि उनीहरुका बीचमा कुराकानी भएको बताइएको छ ।

प्रकाशित मिति: २०७८,कार्तिक,९,मंगलवार १४:५४

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

इजरायलले देशको दक्षिणमा रहेको टर्की फार्ममा रोगजनक एच ५ एन १ (H5N1) एभियन इन्फ्लुएन्जाको प्रकोप देखिएको उल्लेख गरेको छ ।

बुरुण्डीमा एउटा कारागारमा भएको भीषण आगलागीमा परी कम्तीमा ३८ कैदीको मृत्यु भएको छ । आगलागीमा परी दर्जनौं कैदीको मृत्यु हुनुका

लन्डन । बेलायतमा कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन समुदायस्तरमा फैलिएको छ । यहाँ एकै दिन ओमिक्रोनका सयौँ बिरामी भेटिन थालेका छन्

जाकार्ता । इन्डोनेसियाको जाकार्तामा गत शनिबार भएको ज्वालामुखी विस्फोटमा परी मृत्यु हुनु व्यक्तिको संख्या ३४ पुगेको छ । ज्वालामुखी विस्फोटमा

ताजा समाचार

इजरायलमा बर्ड फ्लूको प्रकोप
 २०७८,मङ्सिर,२१,मंगलवार १९:५३
कारागारमा आगलागी हुँदा ३८ जनाको मृत्यु
 २०७८,मङ्सिर,२१,मंगलवार १९:४८
सभापतिमा दावी छाड्न तयार भए शशांक
 २०७८,मङ्सिर,२१,मंगलवार १९:४२