भक्तपुरको सहज जित

लोकपथ
169
Shares

काठमाडौं । भक्तपुर नगरपालिकाले उपमेयर कप राष्ट्रिय महिला लिग छनाेट प्रतियोगितामा जित हात पारेको छ ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा मंगलबार पुतलीबजार नगरपालिकालाई ८-१ गोल अन्तरले पराजित गर्दै भक्तपुरले पहिलो जित हात पारेको हो ।

भक्तपुरको जितमा कप्तान करुणा परियारले ह्याट्रिक गोल गरिन् । यस्तै मनिषा बास्कोटा र सिम्रन बस्नेतले दुई/दुई गोल गरे भने अजिता घर्तिमगरले एक गोल गरिन् ।

पुतलीबजारकी जोस्निका मरासिनीले एक गोल फर्काइन् ।

यस जितसँगै समूह ‘सी’को भक्तपुरले प्रतियोगिताको सुखद अन्त्य गरेको छ।

प्रतियोगिताको विजेता र उपविजेता टोली महिलाको राष्ट्रिय लिगमा छनोट हुनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?